श्रीमतीलाई श्रीमाले कुटेर हत्या गरे
भोजपुर, २० जेठ । साल्पासिलिछो गाउँपालिका–३ गोथेबजार बस्ने ४० बर्षीया मेनुका राईको कुटपिटबाट मृत्यु भएको छ । उनलाई शनिबार राति उनकै ४५ बर्षीय श्रीमान हर्क बहादुर राईले कुटपिट गर्दा आइतबार बिहान घरमै मृत्यु भएको थियो ।
प्रहरीले हर्कबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
