प्रदेश ३ को राजधानी चितवनमा तोक्न माग

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार २०:५५

हेटौँडा, २० जेठ । प्रदेश ३ को स्थायी राजधानी चितवनमा तोक्न माग गरिएको छ । चितवन जिल्लाबाट निर्वाचित १३ जना सांसदहरुले आईतबार प्रदेशको स्थायी राजधानी चितवनमा हुनुपर्ने माग गर्दै सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

चितवनका सांसदहरु बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल, घनश्याम दाहाल, भावना सुवेदीलगायतको हस्ताक्षरमा प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको हो । सांसदहरु कञ्चन खनाल, गिता वाग्ले, विजय सुवेदी, रिना गुरुङको नाम उल्लेख भए पनि हस्ताक्षर भने गरिएको छैन ।

यस अघि नै काभ्रे, रसुवा, नुवाकोट र भक्तपुरका सांसदले पनि आफ्नो जिल्लामा राजधानी हुनुपर्ने माग गर्दै प्रश्ताव दर्ता गराइसकेका छन् भने मकवानपुरको हेटौँडामा नै स्थायी राजधानी राख्नुपर्ने भन्दै तात्कालिन नेकपा एमालेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग पनि गरिसकेका छन् ।

काभ्रेका सांसदले गत चैत १४ गते, रसुवा र नुवाकोटका सांसदले चैत १५ र भक्तपुरका सांसदले चैत २६ गते छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*