कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका जयबहादुर थाहानगरबाट पक्राउ
मकवानपुर, २० जेठ । कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक मानिसलाई प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ थानाबजारबाट पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको मिति २०६९ चैत १९ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिबादी कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने बस्ने ३६ वर्षीय जयबहादुर मुक्तानलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटेको प्रहरी टोलीले आईतबार पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएसँगै अदालतमा उपस्थित गराउने प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
