पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

तु खबर संवाददाता
२०७५ जेष्ठ १८, शुक्रबार १०:०७

–चन्द्र घलान
मकवानपुर, १८ जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी स्वास्थ्य चौकी परिसरमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । वडा नम्बर १३ को आयोजना र स्वास्थ्यचौकीको सहयोगमा आज १ दिने निःशुल्क स्वास्थ्य शिविर हुन गईरहेको वडाअध्यक्ष मनोजकुमार वाईवाले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा केहीबेरमै उद्घाटन कार्यक्रम राखिएको र त्यस लगत्तै विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्ने अध्यक्ष वाईबाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा विरामी जाँच, स्त्री रोग सम्बन्धी सेवा, परामर्श सेवा, ल्याब सेवा लगायतका विविध सेवा उपलब्ध हुने बताइएको छ ।

शिविरमा पदमपोखरी र त्यस आसपासका ठूलाथली, हात्तिगौँडा, घरेडीडाँडा, भोर्ले, आँपधाप, आल्दमार, बेलडाँडा, टुटेपानी, सिमपानीका साथै मनहरी गाउँपालिकाका चकरी, मकरी लगायतका क्षेत्रबाट समेत सेवाग्राहीको उस्थिति रहने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*