ठूलोथलीबाट अवैध सखुवाको काठ र झ्यालढोका सहित मानिस पक्राउ
हेटौँडा, १७ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथलीबाट अवैध सखुवाको काठ तथा तयारी झ्यालढोका सहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
आज अबैध काठ लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको टोलीले सो स्थानका ३६ वर्षीय लालबहादुर मोक्तानलाई समेत नियन्त्रणा लिएको हो ।
प्रहरीले अवैध झ्याल, ढोका र पल्ला समेत गरी १५९ पिससखुवाको काठ ४२.८९ क्यु. फिट तथा आवश्यक कागजपत्र नभएको ना ४५ प ४२०६ नम्बरको २२० सि.सि.को पल्सर मोटर साईकल समेत लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
