वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम सुरु, ४४ जनाले गरे रक्तदान
मकवानपुर, १६ जेठ । ४६ औ विश्व वातावरण दिवस २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को संयोजनमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौंडा ११ स्थित सामुदायिक प्रहरी सेवा समितिमा रक्तदान कार्यक्रम भएको छ ।
४६ औ विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रक्तदानमा ४४ जनाले रगद दान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरका अध्यक्ष सुर्य चन्द्र न्यौपाने, ११ नम्बर वडाका वडा अध्यक्ष गोकर्ण पराजुली, पुर्व जिविस सभापति रामेश्वर राना, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सिद्धीलाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव गङ्गा प्रसाद पौडेल, सदस्य ज्ञान बहादुर थापा, गिता मैनाली, चन्द्रावती अधिकारी, उमा राई, माया पौडेल लगायतको उपस्थिति रहेको थियो ।

