हेटौँडालाई स्मार्ट सिटी बनाउन वृहत छलफल हुने

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार १३:००

हेटौँडा, १५ जेठ । मकवानपुरको हेटौँडालाई स्मार्ट सिटी बनाउन ‘स्मार्ट सिटी’ विषयमा वृहत विचार विमर्श (छलफल) हुने भएको छ । फेडेरेसन अफ कम्प्युटर एशोसिएसन (क्यान) को आयोजनामा यही जेठ १९ गते शनिबार कार्यक्रम हुन लागेको हो ।

स्थानीय, प्रदेशिक एवं केन्द्रीय सरकारको सहयोग तथा नीजि क्षेत्रको समेत सहभागितामा हेटौंडा नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अभियानसहित हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा हेटौंडा नगरलाई स्मार्ट सिटीको रुपमा रुपान्तरण गर्न सहभागीहरुको अमूल्य विचार एवम् सुझाब संकलन गरिने बताइएको छ ।

हेटौँडा उपमहानगरपालिका कार्यालयको सभाहलमा हुने नगरको सूचना प्रविधि सम्वन्धि वस्तुगत विवणको प्रस्तुतिकरण, स्मार्ट सिटी सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण, छलफल तथा विमर्श, कार्यक्रमको आवश्यकता तथा प्राथमिकता निर्धारण तथा छलफलको समष्टिगत निर्णयहरु समेत प्रस्तुत गरिने बताइएको छ । कार्यक्रम हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*