वडा अध्यक्षको संयोजकत्वमा सिमल्टारमा बस्ती व्यवस्थापन समिति गठन

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १८:३६
तस्बिर–गुगल

मकवानपुर, १४ जेठ । हेटौँडा ११ ट्रक पार्क वरपरको बसोबास बस्तीको बस्ती व्यवस्थापन समिति गठन गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा दर्ता रहेको नारायणी यातायात व्यवसायी संघ जग्गाभित्र रहेको ५९ घरधुरीमा केही नभएकाहरुलाई खाली जग्गामा बसोबास व्यवस्था गर्ने उदेश्यले समिति गठन गरिएको हो ।

हेटौँडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीको संयोजकत्वमा समिति गठन भएको हो । ११ सदस्यीय कार्य समितिमा हेटौँडा ११ सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, समाजसेवी प्रकाश पाण्डे, ११ नम्बर टोल विकास वडा समन्वय समितिका संयोजक देवकुमार श्रेष्ठ, समाजसेवी कमलचन्द्र सुमन, डाङडुङे सामुदायिक वनका अध्यक्ष बासु पौडेल, शंकरज्योति निमाविका अध्यक्ष भरत दर्लामी मगर, सिमलटार टोल विकासका पूर्व अध्यक्ष देवकृष्ण थोकर, आमा समूहकी सिता थिङ, सरोकारवाला जानुका बानियाँ, बासु पुडासैनी,लगायतका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*