समाचार

माओवादी र एमालेबीच भागबन्डा सकियो, माओवादीलाई ४५ प्रतिशत : चुनाव चिन्ह सूर्य रहने

काठमाडौँ । लामो रस्साकस्सीपछि एमाले र माओवादीबीच भोलि पार्टी एकता हुने भएको छ । भोलि मदन भण्डारीको स्मृति दिवश मनाएर साँझ पार्टी एकताको घोषणा हुने भएको हो । माओवादीले एकीकृत पार्टीको केन्द्रीय समितिमा ४५ प्रतिशत भाग पाउने भएको छ भने चुनाव चिन्ह भने सूर्य रहने समझदारी बनेको छ ।...

२ करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले तीन दिनभित्र २ करोड ६० लाख नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी प्रभागले ले गएको तीन दिनमा ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले यो घटनामा थप अनुसन्धान...

अपहरणको नाटक गर्ने तीन पक्राउ

नुवाकोट । आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारबाही थालेको छ । गत आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने...

मूख्यमन्त्री, मन्त्री तथा साँसदले तलब दिन विधयक पास हुन नपर्ने

मकवानपुर । प्रदेश तीनका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुले तलव तथा अन्य सेवा सुविधा लिन प्रदेशसभाबाट विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभामा छलफलको क्रममा रहेको सेवा सुविधा सम्बन्धि विधेयक पास नभएसम्मको लागि तलव सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो...

मकालु एयर दूर्घटना, बिमान दूर्घटना हुनुको कारण खोजी गर्न माग

काठमाडौँ । मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । उहाँहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट...

यस्तो छ ओली नेतृत्वको सरकारको सय दिनको काम : यातायात सिण्डीकेट र ३३ केजी सुनकाण्ड पनि समेटियो

काठमाडौँ, २ जेठ । स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले)...

लोपोन्मुख रेड पाण्डा तस्करीको निसानामा

काठमाडौँ, २ जेठ । पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान...

मृत्यूको काखमा यार्सागुम्बाको पैसा

डोल्पा, २ जेठ । यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले हिजोबाट जिल्लाका विभिन्न नाकाबाट इजाजतपत्र वितरण गरी यार्सागुम्बा टिप्नका लागि पाटन जान खुल्ला गरेको हो । मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक...

एमाले र माओवादी पार्टी एकता बिहीबार

काठमाडौँ, २ जेठ । मदन भण्डारीको २५ औं स्मृति दिवस पारेर भोलि नै एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण...

नारायणगढ–मुग्लिन सडकलाई यसरी बनाईयो वन्यजन्तु मैत्री सडक

चितवन, २ जेठ । विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी...