समाचार

आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ । आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा...

सरकारमाथि भरोसा गर्न संकेत देखिएको छैन्ः नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताएका छन् । काँग्रेस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न हुन थालेको...

मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषिमन्त्री खनाल

काठमाडौँ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध नेपाल र...

प्रहरीमाथि विप्लव कार्यकर्ताद्वारा आक्रमण, दुई प्रहरी घाइते

डोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले डोल्पाको ठूलीभेरीमा प्रहरीमाथि आक्रमण गरी आफ्ना कार्यकर्ता छुटाएका छन् । नेपाल बन्दको क्रममा पक्राउ परेका सागर शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनै तर्फ लैजादै गर्दा प्रहरीलाई आक्रमण गरी आफ्ना कार्यकर्ता शाहीलाई छुटाएको बताइएको छ । आक्रमणबाट प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी...

हेटौँडामा ३ सय ५० लिटर घरेलु मदिरा बरामद

हेटौँडा, ३१ बैशाख । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ का विभिन्न स्थानबाट सोमबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले करिब ३ सय ५० लिटर घरेलु मदिरा तथा करिब ८०० लिटर घरेलु मदिरा बनाउने...

फोहरमुक्त पिंडी निर्माण अभियान

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकाले फोहरमुक्त पिंडी निर्माण गर्ने अभियान थालनी गरेका छन् । विद्यालय क्षेत्रमा सोमबार कुहिने र नकुहिने फोहर संकलन गरेका छन् । नो लिटर जेनेरेशन भन्दै अन्तर्राट्रिय समुदायमा मनाईने दिवस (मे १६) को पूर्बसन्ध्यामा विद्यालयमा फोहर संकलन गरिएको हो । माईती नेपाल...

प्रदेश ३ को राजधानी अध्ययन समिति सभापतिमा निरौँला चयन, राजधानी कहाँ बन्ला ?

हेटौँडा, ३१ बैशाख । ३ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ तोक्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिको सभापतिमा दिपक निरौला चयन भएका छन् । ज्येष्ठ सदस्य सरस्वति बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सभापतिमा निरौलालाई चयन गरेको हो । बैठकले समितिको कार्यविधि एवं आचारसंहितबारे छलफल गरी सैद्धान्तिक रुपमा टुंगो लगाएको...

हेटौँडाको ओखलढुङ्गे नास्ता घरबाट ७ जना पक्राउ

हेटौँडा, ३१ बैशाख । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा २ स्थित मानस चोक नजिकको ओखलढुङ्गे नास्ता घरबाट तास खेलिरहेका ७ जनालाई सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट ४१ हजार ७ सय १ रुपैयाँ नगद र ५२ पत्ती तास, टेबल थान १ र कलम १ थान...

ब्रेन ह्याम्रेजका कारण ३ नम्बर प्रदेशसभा सदस्य लामिछानेको निधन

हेटौँडा, ३१ बैशाख । ब्रेन ह्याम्रेजका कारण ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार निधन भएको छ । चाँगुनारायण नगरपालिका–६ तेलकोटवासी लामिछाने एमालेको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई आइतबार ब्रेन ह्यामरेज...

माओवादी केन्द्र मकवानपुरद्वारा प्रदेश कमिटिका पत्रकारलाई सम्मान

हेटौंडा,३१ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ मा निर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र मकवानपुरले सम्मान गरेको छ । सोमबार बिहान हेटौंडा–४ स्थित पार्टी कार्यालयमा प्रदेशका नवनिर्वाचिन कार्य समितिलाई बधाई तथा शुभकामना दिइएको हो । माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की,...