आज कृष्ण सेन स्मृति दिवस विविध कार्यक्रम गरि मनाईदै

तु खबर संवाददाता
२०७५ जेष्ठ १३, आईतवार १२:०९

काठमाडौँ, १३ जेठ । आज जेठ १३ गते , १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस । आज देशैभरी विभिन्न कार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए । सेन हत्याको १५ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन ।

हत्यारालाई कार्वाही हुन सकेको छैन । निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे । वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो ।

उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे । परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*