समाचार
चर्चित हुँदै कोगटेको पौडी पोखरी
भिमफेदी, ३० बैशाख । मकवानपुरको भिमफेदी गाउँपालिकाको कोगटे र इपाको बिच दोभानमा रहेको निर्माणाधिन प्राकृतिक पौडी पोखरी चर्चित भएको छ । यस अघि नै स्थानीयहरुले पौडीका लागि प्रयोग गर्दैै आइरहेको पोखरीमा अहिले पौडी खेल्नका लागि आन्तरकि पर्यटकहरु समेत आउने गरेको स्थानीय सुरेन्द्रराज थिकेले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर...
प्रधानसेनापति ३ दिने पाकिस्तान भ्रमणमा जाने
काठमाडौँ ३० वैशाख । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन् । आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापतिको...
स्याफ्रु–रसुवागढी राजमार्ग बन्द
रसुवा ३० वैशाख । सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने...
प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच सहकार्य हुने
काठमाडौँ ३० वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच सघन रुपमा साहित्यिक सहकार्य हुने भएको राससले जानाएको छ । नेपाल र पाकिस्तानबीचको सम्बन्ध र मैत्रीलाई अझ विकसित गर्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुककका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा आज हस्ताक्षर...
दुईवटा भारतीय ट्रकमा आगजनी
धादिङ, ३० वैशाख / पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
बन्दमा चलाएको भन्दै गाडी जलाइयो
वीरगंज-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको...
देबेन्द्र कार्कीको गीतमा जूनाले परेली झिम्काएपछि बबाल मच्चियो – भिडियो पनि हेर्नुहोस्
मकवानपुर । गीतकार तथा संगीतकार विकास पाण्डेको शब्द संगीत र देबेन्द्र कार्कीको स्वरमा नयाँ गीत झिमझिम झिम्काई परेली, के भन्नलाई खोजेकी बोलको गीत बजारमा आएको छ । केही दिनअघि बजारमा आएको यो गीतले दर्शकको मन तानिरहेको छ । गणेश चौधरीले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो निर्मल लामाले निर्देशन...
प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा दायर
काठमाडौं, ३० वैशाख / नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता...
आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट
काठमाडौँ, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका...
सिरियामा फेरि ४२ जनाको मृत्यु
लेबनान, ३० बैशाख । यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु...









