फेरि भेटियो मकै बारीमा जाँड

तु खबर संवाददाता
२०७५ जेष्ठ १२, शनिबार ०८:२२

मकवानपुर, १२ जेठ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटेको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नम्बर ५ फापरबारी स्थितको मकै बारीमा बेवारिसे अवस्थामा राखिएको घरेलु मदिरा तयार गर्ने कच्चा पदार्थ बरामद गरेको छ ।

अन्दाजी १५०० लिटर कच्चा पदार्थ र माटोको भाँडा ४ थान र तामाको भाँडो १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*