समाचार
बिप्लव बन्द : चितवनको भरतपुर ओरालोमा बम बिस्फोट
चितवन, ३० बैशाख । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति...
पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटिलाई सोलिड्यारीटीको सम्मान
हेटौँडा, २९ बैशाख । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटिका नव निर्वाचित कार्यसमितिलाई हेटौँडामा अवस्थित सोलिड्यारीटी इन्टरनेशनल एकेडेमीले स्वागत तथा सम्मान गरेको छ । विद्यालयले आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरि समितिका अध्यक्ष प्रताप विष्ट, महिला उपाध्यक्ष नानीमैयाँ कार्की ‘सम्झना’, महासचिव कृष्ण सारु मगर सहितको टोलीलाई सम्मान गरेको...
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध उत्रिएका नेता सीपी गजुरेल पक्राउ, लगत्तै रिहा
काठमाडौँ । नेपाल प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेललाई पक्राउ गरेको छ । मोदी भारत फर्किएलगत्तै उनलाई रिहा पनि गरिएको छ । नेता गजुरेलसहित अन्यलाई रत्नपार्कबाट पक्रेर टेकुमा लगेर राखिएको थियो ।
तामाङको मुद्धा उठाउँदै मकवानपुरे तामाङ पत्रकारहरु, थाहा नगरबाट यस्तो भयो निर्णय
थाहा नगर, २९ बैशाख । तामाङ पत्रकार संघ मकवानपुर जिल्ला शाखाले तामाङ समुदायका विभिन्न मुद्धाहरुलाई संचारमाध्यमबाट उजागर गर्नका लागि विशेष भूमिका निभाउन सफल प्रयास सुरु गरिएको निश्कर्ष निकालेको छ । शनिबार थाहानगरपालिका वडा नम्बर ४ थाना बजारमा संघको नियमित मासिक बैठकका क्रममा अघिल्ला महिनाको कार्य योजनाको कार्यान्वयन सम्बन्धमा समिक्षा...
पत्रकार मणिराज र सुनिल गौतम सम्मानित
मकवानपुर / गौतम समाज मकवानपुरले दुई जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । पत्रकार मणिराज गौतम र सुनिल गौतमलाई समाजले पत्रकारिता मार्फत् योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । आज भएको गौतम समाजको जिल्ला भेला तथा वार्षिक साधारणसभामा उनीहरुलाई सम्मान गरिएको हो । समाजका अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको...
नारायणी संघद्वारा आफ्ना सदस्यहरुसँग छलफल
मकवानपुर । पछिल्लो समय सरकारी दबाब झेलिरहेका यातायात व्यवसायीहरुले यथार्थ जानकारी गराउन भन्दै शनिबार आफ्ना सदस्यहरुसँग छलफल गरेका छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाललगायतका कार्यसमितिले व्यवसायीसँग छलफल गरेको हो । वर्तमान अवस्थामा असहज परिस्थिति देखिएको भन्दै यसबाट नआत्तिन व्यवसायीलाई अध्यक्ष श्रेष्ठले अनुरोधसमेत...
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
कपिलवस्तु, २९ वैशाख : कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल...
पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था मिलाउँछु : मेयर महत
मकवानपुर / नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको कार्यक्रममा उनीहरुले आफूले जागीरेको रुपमा भन्दा पनि सेवा भावनाले काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवशको अवसरमा आयोजित सो कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नर्सिङ पेशामा लागेर सेवामूलक काम गरिरहेकोमा उनीहरुले गर्व समेत गरेका छन् । उद्घाटन...
ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएको भन्दै विप्लवले मुख खोले ! भोली नेपाल बन्द (विज्ञप्तिसहित)
काठमाडौं, २९ बैसाख । प्रधानमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल...
मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
शिव वियोगी मकवानपुर २८ बैसाख । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनलको सहयोगमा गाउँपालिकाका विभिन्न वडामा वडास्तरिय बाल संरक्षण समिति गठन कार्य गरिरहेको हो । गाउँपालिकामा बालबालिका संरक्षणमा टेवा पु¥याउने उद्घेश्यले बाल संरक्षण समिति गठन भएको हो । शुक्रबार...










