समाचार

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध प्रगाढ हुन्छ : गच्छदार

विराटनगर २८ वैशाख । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनलेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विशुद्ध सांस्कृतिक र धार्मिक भए पनि भ्रमणका समयमा विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन...

मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलार्ई शालिग्राम उपहार दिने तयारी

मुक्तिनाथ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताए । मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको...

दुई देशका प्रधानमन्त्री ओली र मोदी बिच भेटवार्ता

काठमाडौँ २८ वैशाख । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । यहाँस्थित द्वारिकाज होटलमा आज साँझ भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको स्रोतको जानकारी छ । । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको...

तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान

काठमाडौँ, २८ वैशाख । हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य...

कम्पनी दर्ता अव मकवानपुर उद्योग वाणिज्य संघबाटनै हुने

मकवानपुर २८ बैसाख । कम्पनी रजिष्टारको कार्यालयमा हुने कम्पनी दर्ताको काम अब मकवानपुर उद्योग वाणिज्य संघबाटनै संचालन गराउने उदेश्यले मउवा संघले आज बिषेश तालिमको आयोजना गरेको छ । आज शुक्रवार एक दिवशीय कम्पनी दर्ता सम्बन्धी तालिमको आयोजना गरी कम्पनी दर्ता गर्ने प्रक्रियाको बिषयमा जानकारी प्रदान गरेको थियो । मउवा...

५२ बर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला

इनरुवा २८ बैसाख । सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् । इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको...

रोल्पाको सडकमा चट्टान फोर्दै नेपाली सेना

रोल्पा २८ बैसाख । कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ । मेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न...

कमानेमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ

हेटौँडा, २८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा शुक्रबार दिउँसो तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का १ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ८ बस्ने २ जना, बकैया गाउँपालिका वडा नम्बर ७ बस्ने २ जना र रामेछाप...

हेटौँडामा १६ जनालाई मोबाईल मर्मत तालिम

हेटौँडा, २८ बैशाख । मकवानपुरको हेटौँडामा ३ सय ९० घण्टे मोवाईल मर्मत तालिम शुरु भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवा सिप तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत तालिम शुरु भएको हो । युवाहरुलाई सिपयुक्त बनाई अर्थोपार्जनमा सहयोग गर्ने उद्देश्यले संचालन गरिएको तालिममा १६ जना युवाहरुको सहभागिता छ...

हेटौँडामा दुई स्थानमा आगलागी, लाखौँको क्षति

हेटौँडा, २८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २ स्थानमा आगलागी हुँदा करिब १३ लाख बढीको क्षति भएको छ । हेटौंडा उपमहानगरपालिका–१७ बस्ने गोपाल अगस्तीको गाईगोठमा बिहीबार बिजुली सर्ट भई आगलागी हुँदा घर, गोठ, काठपात, चौपाया समेत गरी करीव ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ...