समाचार
ज्यान मुद्धाका फरार प्रतिवादी आफैं भए जिल्ला अदालत मकवानपुरमा उपस्थित
मकवानपुर २७ बैसाख । ज्यान मुद्धाका फरार प्रतिवादी आज विहिबार जिल्ला अदालत मकवानपुरमा आफैं उपस्थित भएका छन् । मकवानपुरका नयाँ प्रहरी उपरीक्षक लोकेन्द्र क्षेष्ठले फरार अपराधी पक्राउ अभियान चलाएपछि फरार प्रतिवादी हेटौंडा १७ का विकास कुमार थिङ आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकरी दिएको छ । प्रहरीको...
थाहा नगरमा ‘कल्चर’ को शुभमुहर्त, छायांकन सुरु
मकवानपुर, २७ बैशाख । नेपाली कथानक चलचित्र ‘कल्चर’ को शुभमुहर्त मकवानपुरको थाहा नगरमा गरिएको छ । थाहा कला केन्द्र सहित लाबा मिडिया प्रालिले निर्माण गर्न लागेको चलचित्रलाई थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले निर्देशन गर्ने छन् । निर्देशक मोक्तानले चलचित्रमा मानिस कसरी आत्माहत्या गर्न सम्म पुग्छन्...
क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ जना पक्राउ
तेह्रथुम, २७ वैशाख । तेह्रथुमको आठराई संक्रान्ति बजारबाट क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुईजना भारतीयसहित ६ जना पक्राउ परेका छन् । उनिहरुलाई बुधवार दिउँसो क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेको अवस्थामा भारतीय नम्बरप्लेटको गाडी सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दमक १ झापाको का दिनेश सुब्बा र दमक २...
प्रथम प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने
काठमाडौं, २७ बैशाख । राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपालय इन्टरनेसनलको व्यवस्थापनमा र राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको विजेता टिमले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त...
बिर्तामोड र विराटनगरमा शैक्षिक मेला सुरु
झापा, २७ बैशाख । बिहीबारदेखि झापाको बिर्तामोडमा पहिलो पटक शैक्षिक मेला सुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघको आयोजनामा सुरु भएको शैक्षिक मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनका विविध विषयमा जानकारी लिनसक्ने छन् । एकै छानामुनि कक्षा–१२ को परीक्षा दिएका तथा स्नातक गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलाई विश्वका उत्कृष्ट...
प्रदेश राजधानी हेटौँडामा यस्तो हरिबिजोग, पेट्रोल पम्प र बैंकहरुको गतिविधि संकटकालमा जस्तो
–बलराम पुडासैनी मकवानपुर, २७ बैशाख । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा यदि तपाई राती ९ बजेपछि पेट्रोल पम्पमा पेट्रोल हाल्न जानुभयो भने पाउनुहुन्न । ईमरजेन्सी परेर पैसा निकाल्नको लागि बैंकका एटिएम बुथहरु धाउँदा एटिएम बुथहरुमा सटर लागेका हुन्छन् । सुनसान सडक अनि सुनसान पेट्रोल पम्प र सटर झारिएको बैंकको...
प्रशिक्षार्थी प्रहरीहरुलाई हेटौँडाबाट बिदाई
हेटौँडा, २७ बैशाख । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा संचालन भई रहेको प्रहरी सहायक निरीक्षक आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई हेटौँडाबाट बिदाई गरिएको छ । उक्त तालिममा सहभागी २–१७४ औँ समुहमा तालिमरत प्रशिक्षार्थीहरु पाठ्यक्रम बमोजिम पाँचौ चरण अन्तर्गत व्यवहारिक अध्ययनको क्रममा मिति बैशाख १३ गतदेखि बैशाख २७ गतेसम्म जिल्ला...
प्रदेश समितिले पत्रकार र साना लगानीका मिडिया हाउसको प्रवर्दनमा काम गरोस् : गिरिजा अधिकारी
हेटौँडा, २७ बैशाख । नेपाल पत्रकार महासंघको बैशाख २२ गते सम्पन्न प्रदेश निर्वाचनमा अध्यक्षमा पराजित गिरिजा अधिकारीले निर्वाचन र मतदान प्रकृयामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । मकवानपुर, सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकबाट विजयी भएका र अन्य जिल्लाबाट सम्मानजनक मत पाएका अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै प्रताप विष्ट...
एसपीले इन्काउन्टर गर्छु भनी भाषण गरेपछि मकवानपुरको सीडिओको प्रतिक्रिया : कानून विपरितको काम हुन्न
हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रहरी प्रशासनले कानूनको दायराभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् । मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले अपराधीलाई इन्काउन्टर गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय अहिले चर्चामा छ । केही दिनअघि मात्र कमाण्ड सम्हान्न मकवानपुर आएका श्रेष्ठले पत्रकार तथा उद्योगी व्यवसायीहरुको छुट्टाछुट्टै...
३० करोडभन्दा बढी लगानीमा १ हजार ३ सय धारामा पिउने पानी
डडेल्धुरा, ७ बैशाख । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष...









