सन्दीप लामिछानेले पाए कार उपहार

तु खबर संवाददाता
२०७५ जेष्ठ ९, बुधबार २१:०८
file-photo

काठमाडौँ ९ जेठ । इन्डियन प्रिमियर लिगआइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत सिइओ राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो आज यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए । जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*