समाचार

सिण्डीकेटधारीहरुको बिर्कोभित्र पहिचान र लोकतन्त्रको मर्म

–कमान सिं पाख्रिन (पृथक) जहाँ वर्गीय असमानताहरू हुन्छन् त्यहाँ अनेकन विभेदका खाडलहरू हुन्छन् । जहाँ विभेद हुन्छ, त्यहाँ द्वन्द्व हुने गर्दछ । देखिने वा नदेखिने, ठूलो वा सानोमा । जुन प्रश्नहरूका कारण द्वन्द भएको हुन्छ वा जहाँ द्वन्द पछिको सही समाधान हुँदैन, खोजिदैन, त्यहाँ द्वन्दका लक्षणहरू प्रकट भइरहेको नै...

पत्रकार महासंघ ३ नम्बर प्रदेशको कार्यसमितिलाई हेटौँडामा सपथ ग्रहण र बधाई

हेटौँडा, २६ बैशाख । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सपथ ग्रहण गराईनुका साथै बधाई तथा प्रमाणपत्र प्रदान गरिएको छ । बैशाख २२ गते सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघको व्यवस्थापनमा सपथग्रहण, पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो...

मकवानपुर प्रहरीको आँखा लोकल मदिरामा

मकवापनुर, २६ बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समयमा मकवानपुरका गाउँ–गाउँमा तयार हुने लोकल मदिरालाई नियन्त्रणमा लिने र नष्ट गर्ने क्रमलाई तिव्रता दिएको छ । प्रहरीले अवैध मदिरा मकवानपुरका विभिन्न स्थानबाट बरामद गरेको हो । यसैक्रममा बैशाख २४ गते प्रहरी चौकी बसपार्कबाट खटेको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट...

मनहरीका एक पुरुष भिमफेदी जेल चलान

मकवानपुर, २६ बैशाख । लागुऔँषध गाँजा मुद्धामा ६ महिना कैद र ५ हजार जरिवाना तोकी फरार रहेका मकवानपुरको मनहरी गाउँपालिकाका एक पूरुष जेल चलान भएका छन् । वि.सं. २०७३ जेठ १४ गतेको फैसलाले सजाय तोकेका मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४० को सानुकान्छा पुरीलाई जेल चलान गरिएको...

५ वर्षपछि भिमफेदी जेल चलान

हेटौँडा, २६ बैशाख । वि.सं. २०६९ फागुन १४ गतेको फैसलाले सवारी ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक पुरुषलाई जिल्ला कारागार कार्यालय भिमफेदीमा जेल चलान गरिएको छ । सवारी ज्यान मुद्दामा २ महिना १२ दिन सजाय तोकी फरार रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का ४४ वर्षीय राजुबहादुर स्याङ्तानलाई...

मोटरसाईकल र काठ छोडेर चालक फरार

हेटौँडा, २६ बैशाख । मकवानपुरको हेटौँडा उपमहानरपालिका वडा नम्बर १३ पदमपोखरीमा दुई वटा मोटरसाईकल सहित सखुवाको काठ बरामद भएको छ । बैशाख २५ गते राति करिब पौने १ बजेको समयमा प्रहरी चौकी पदमपोखरीबाट खटेको प्रहरी गस्तीलाई देखेपछि मोटरसाईकल चालकहरु भागेको प्रहरीले जनाएको छ । ठूलोथलीबाट पदमपोखरीतर्फ जादै गरेको ना...

‘अपराधीहरु डन होईनन् भुसुना हुन’–एसपी श्रेष्ठ

हेटौँडा, २६ बैशाख । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) लोकेन्द्र श्रेष्ठले अपराधीहरु डन नभई भुसुना भएको अभिव्यक्ति दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार गरेको स्वागत कार्यक्रममा बोल्दै उनले अपराधीहरु भुसुना जस्तो भएको बताएका हुन् । हेटौंडा नगरलाई २४ सै घण्टा खुल्ला राख्न सवैको सहयोग आवश्यक रहेको...

मकवानपुरका एसपी श्रेष्ठले दिए गैरकानुनी अभिव्यक्ति–‘म ईन्काउन्टर गर्छु’

हेटौँडा, २५ बैशाख । मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले इन्काउन्टर गर्छु भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएपछि त्यसले मकवानपुरमा खैलाबैला मच्चाएको छ । साढे ३३ किलो सुनकाण्डमा मकवानपुरका तत्कालिन एसपी विकासराज खनाल मुछिएसँगै निलम्बनमा परेपछि उनको ठाउँमा काजमा आएका एसपी श्रेष्ठले गैरकानुनी रुपमा इन्काउन्टर गर्छु भन्दै अभिव्यक्ति दिएपछि तहल्का मच्चिएको हो...

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला -जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन् । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८...

कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै...