मोटरसाईकल र काठ छोडेर चालक फरार
हेटौँडा, २६ बैशाख । मकवानपुरको हेटौँडा उपमहानरपालिका वडा नम्बर १३ पदमपोखरीमा दुई वटा मोटरसाईकल सहित सखुवाको काठ बरामद भएको छ । बैशाख २५ गते राति करिब पौने १ बजेको समयमा प्रहरी चौकी पदमपोखरीबाट खटेको प्रहरी गस्तीलाई देखेपछि मोटरसाईकल चालकहरु भागेको प्रहरीले जनाएको छ ।
ठूलोथलीबाट पदमपोखरीतर्फ जादै गरेको ना ४४ प ४१९० नम्बर र ना २१ प १६४६ नम्बरको मोटरसाईकलमा ४–४ वटा सखुवाको ६ क्यु फिटको फन्डा लिई जाँदै गरेको अवस्थामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मोटरसाईकल चालकहरु फरार भएको बताइएको छ ।
बरामद भएको काठ ६ क्यू फिटको रहेको छ । काठ र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार चालकहरुको खोजि भइरहेको बताइएको छ । काठलाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय मकवानपुरमा पठाइएको छ ।

