समाचार

गाडीको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

लहान, २४ बैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले...

बसको छतबाट खसेर सहचालकको मृत्यू

गौशाला , २४ बैशाख । महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक खलासीको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका खलासी जिल्लाको एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ...

सँगै रक्सी खाएर झगडा परेपछि तेजाव प्रहार

चितवन, २४ बैशाख । भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले...

अमेरिकामा नेपाली भवन बनाउन सप्ताह लगाईयो, करोडौँ संकलन

क्यालिफोर्निया, २४ बैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा...

आईतबारको असिना र हुरीले करिब २० करोडको केरा खेती नष्ट

चितवन, २४ बैशाख । आईतबार आएको हावाहुरीका कारण पुर्वी चिवतनमा १५ देखि २० करोडको केरा नष्ट भएको अनुमान गरिएको छ । असिना सहित आएको हावाहुरीले पुर्वी चितवनको कालिका नगरपालिको पदमपुरमा रहेको केरा खेती पुर्ण रुपले नष्ट गर्नुका साथै अन्य बालीमा पनि क्षति पुर्याएको छ । असिनाले कालिका नगरपालिकाको वडा...

भरुवा बन्दुक र गाँजासहित मकवानपुरको बकैयाबाट २ जना पक्राउ

मकवानपुर, २३ बैशाख । ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले शनिबार भरुवा बन्दुक र अवैध लागुऔँषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बकैया गाउँपालिका वडा नम्बर ११ मोरंगे बस्ने बर्ष ३० को झलकमान न्यासुर र विजय योञ्जनलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये न्यासुरको गोठबाट...

प्रदेश नम्बर ३ मा १ सय कानुन आवश्यक भएको ठहर

हेटौँडा, वैशाख २३ । प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ। आसन्‍न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि बढाउन हालसम्म चार कानून निर्माण भएको...

हेटौँडामा हेटौँडा कप टी–२० क्रिकेटको उद्घाटन खेलमा मकवानपुर विजयी

हेटौँडा, २३ बैशाख । क्रिकेट एशोसियशन अफ मकवानपुरको आयोजनामा आईतबारबाट हेटौंडामा सुरु भएको हेटौंडा कप टि ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा सिमरा क्रिकेट क्लव बारालाई हराउँदै मकवानपुर क्रिकेट क्लव विजयी भएको छ । हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुरले सिमरालाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर...

३३ किलो सुन काण्ड बारे बोले मकवानपुरका पूर्व एसपी विकाशराज खनाल, यस्तो छ उनको बयान

काठमाडौं, २३ बैशाख/ मिति २०७५/०१/०९ गते म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेको समयमा सोहिदिन बेलुका प्रहरी प्रधान कार्यालयको पत्र मार्फत म नेपाल सरकार गृहमन्त्रालय बिशेष अनुसन्धान टोली समक्ष उपस्थित हुनुपर्ने जानकारी प्राप्त गरी म मिति २०७५/०१/१० गते बेलुका काठमाडौं पुगेर मिति २०७५/०१/११ गते बिहान १०ः३० बजेको समयमा गृह...

निजी क्लिनिकमा काम गर्ने डाक्टर विरुद्ध गर्जिए मुख्यमन्त्री पौडेल

हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालको सेवा सुविधा लिएर निजिमा काम गर्ने डाक्टरविरुद्ध कडा कदम चाल्न सक्ने तर्फ संकेत गरेका छन् । उनले सरकारी तलब खाएर निजीमा काम गर्ने प्रवृत्ति अन्त्य हुनु जरुरी रहेको बताउँदै यस्तो प्रवृत्ति अन्त्य नभएसम्म स्वास्थ्य सेवामा सुधार नहुने...