समाचार
३ नम्बर प्रदेश प्रमुख कोईरालाले गरिन् जेठ १ गते अधिवेशन आह्वान
हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि प्रदेशको दोस्रो अधिवेशन आह्वान गरेकी छिन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले दोस्रो अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । असार १ गते आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारीमा...
मकवानपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु
हेटौँडा, २३ बैशाख । आईतबार साँझ चट्याङ लागेर मकवानपुरमा ३ जनाको मृत्यू भएको छ । हल्का पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर हेटौंडा १६ हटिया चिसापनीमा १ र मनहरी गाउँपालिका वडा नम्बर २ मा २ जनाको...
पत्रकार महासंघ प्रदेश ३ अध्यक्षमा विष्ट विजयी (अन्तिम नतिजा सहित)
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन् । आधिकारीक घोषणा नभए पनि अन्तिम मत परिणाम अनुसार उनी ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम पतिद्वन्दी गिरिजा प्रसाद अधिकारीले ३११ मत प्राप्त गरेका छन् । आधिकारिक घोषणा...
पत्रकार महासंघ प्रदेश ३ निर्वाचनको मतगणना जारी, अधिकारी र विष्टले कहाँ कति मत प्राप्त गरे ?
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को मतदान सकिएसँगै मतगणना पनि अन्तिम चरणमा पुगेको छ । केही जिल्लाका अन्तिम मतपरिणाम पनि आईसकेको छ भने केहीमा अझै मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म मकवानपुरमा मतगाणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार...
मकवानपुरमा गठबन्धनका उम्मेदवारलाई झट्का, ७ मतले स्वतन्त्र उम्मेदवार अधिकारी अगाडि
हेटौँडा, २२ बैशाख । प्रदेश नम्बर ३ को मकवानपुरमा नेपाल पत्रकार महासंघको प्रदेश स्तरीय चुनावको मतगाणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार गिरिजा प्रसाद अधिकारी अग्रपंक्तीमा उभिएका छन् । उनले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार प्रताप विष्टलाई ७ मतले पछाडि पारेका छन्...
पत्रकार महासंघ प्रदेश निर्वाचन सकियो, मकवानपुरमा १ सय ४ मत खस्यो
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को निर्वाचन शान्तिपूर्वक सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन ४ बजे सकिएको हो । यसैबिच प्रदेश नम्बर ३ को मकवानपुरमा जम्मा १०४ मत खसेको मतदानस्थलबाट सहकर्मी गणेश दुलाल र बलराम पुडासैनीले जानकारी दिएका छन् । जम्मा...
पत्रकार महासंघ प्रदेश निर्वाचन : मकवानपुरमा १०० मत खस्यो, मतदान जारी
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को निर्वाचन आज भइरहेको छ । ४ बजेसम्म मतदान समय तोकिए पनि अधिकांश जिल्लामा मतदान अन्तिम चरणमा छ । प्रदेश नम्बर ३ को मकवानपुरमा चुनावका लागि पत्रकार महासंघको भवनमा मतदान भइरहेको छ । मकवानपुरबाट ११८ जना मध्ये यो समाचार...
फेसबुकपछि ट्वीटर विवादमा, डाटा बेचेको खुलासा
एजेन्सी, २२ बैशाख । डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले...
२२ दिनकी सुत्केरी मृत फेला
नुवाकोट, २२ बैशाख । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा...
पत्रकार महासंघ प्रदेश स्तरीय चुनाव : चितवनमा पनि मतदान जारी
चितवन, २२ बैशाख । नेपाल पत्रकार महासंघमा सबैभन्दा बढी मतदाता भएको जिल्ला चितवनमा महासंघको प्रदेश स्तरीय चुनावमा मतदान जारी छ । प्रदेश ३ को कार्यसमितिमा अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएपनि अध्यक्ष पदमा चुनाव निर्वाचन भएको हो । अध्यक्ष पदमा प्रताप विष्ट र गिरीजा प्रसाद अधिकारी प्रतिस्पर्धामा छन्...








