समाचार

३ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन जेठ १ गते

हेटौँडा, २१ बैशाख । ३ नम्बर प्रदेशको प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १ गते बाट सुरु हुने भएको छ । ३ नम्बर प्रदेशको आज बसेको मन्त्रीपरिषद बैठकले जेठ १ गते अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो । असार १ गते आ.व २०७५–०७६ को बजेट ल्याउने...

निता ढुङ्गाना र शुसान्त श्रेष्ठसहित दुई पत्रकारलाई सम्मान गरिने

हेटौँडा, २१ बैशाख । चलचित्र पत्रकार संघ मकवानपुरले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कारबाट यो बर्ष जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई सम्मान गरिने भएको छ । उनलाई नगद ५ हजार सहित सम्मान गरिने भएको हो । त्यस्तै दोश्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी...

थाहा नगरमा ३ दिने नागरिकता शिविर हुने

हेटौँडा, २० बैशाख । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकालाई लक्षित गरी ३ दिने नागरिकता प्रमाण–पत्र वितरणसम्बन्धी घुम्ती शिविर संचालन गर्ने भएको छ । कार्यालयले जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले यही बैशाख २१, २२ र २३ गते थाहा नगरपालिका र कैलाश गाउँपालिकाको वडा नम्बर १,...

मकवानपुरका सबै विद्यालयमा खेलकुद शिक्षक व्यवस्था गर्न माग

हेटौँडा, २० बैशाख । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले मकवानपुरका सबै विद्यालयहरुमा खेलकुद शिक्षकको व्यवस्था गर्न माग गरेको छ । संघले आज जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललाई पाँच बुदे ध्यानाकर्षण पत्र बुझाउँदै खेलकुद शिक्षकको व्यवस्था सहित विभिन्न माग गरेको हो । ज्ञापन पत्रमा खेलकुद...

हेटौँडा क्याम्पसलाई २ वटा फुटबल सहयोग

हेटौँडा, २० बैशाख । हेटौँडा क्याम्पसलाई मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले २ वटा फुटबल प्रदान गरेको छ । कमिटीका सदस्य देवराज रुम्बाले फुटबल हस्तान्तरण गरेका हुन् । सहयोग ग्रहणपश्चात क्याम्पसका सहायक प्रमुख देविराम लामाले खेलकुद सामाग्री सहयोगले ठुलो अर्थ राख्ने बताए । एकेडेमीको तर्फबाट क्याम्पसमा निरन्तर सहयोग गरिरहने र...

दुई सयबढी महिलालाई हेटौँडामा सहकारी शिक्षा

हेटौँडा, २० बैशाख । हेटौडा १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारी शिक्षा दिएको छ । बैशाख १९ गतेबाट सुरु भएको शिविर बैशाख २१ गतेसम्म सञ्चालन हुने सहकारीका व्यवस्थापक माया लामाले बताईन् । सहकारीको वार्षिक कार्यक्रम अन्र्तगत पर्ने...

मुख्यमन्त्री पौडेलको आरोप–‘केन्द्रले प्रदेशलाई केही नदिने मानसिकता बनाएको छ’

हेटौँडा, २० बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारले प्रदेश सरकारलाई केही नदिने मानसिकता बनाएको आरोप लगाएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौँडामा गरेको लगु उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले केन्द्रले कानुन समेत निर्माण नगरीदिँदा प्रदेशलाई अप्ठ्यारो परेको...

मुख्यमन्त्री पौडेलको खुलासा–‘औद्योगिक क्षेत्रभित्र जग्गा दलालीको बिगबगी’

हेटौँडा, २० बैशाख । हेटौँडासहित देशका विभिन्न क्षेत्रमा रहेका औद्योगिक क्षेत्रहरुमा जग्गा दलालीहरुको बिगबगी बढेको हल्ला चलिरहेकै बेला प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले त्यो हल्ला सत्य भएको खुलासा गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौँडामा गरेको लगु उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै...

हेटौँडा कमानेकी महिलालाई विदेशमा बेच्ने व्यक्ति पक्राउ

हेटौँडा, २० बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेकी ४० वर्षीया एक महिलालाई ललाई फकाई ओमानमा लगेर बेचेको भन्दै प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । वि.सं. २०७४ कार्तिक २६ गते बेचेको आरोपमा ताप्लेजुङको युफिया–९ घर भई हाल काठमाँडौ महानगरपालिकाको गौशाला स्थित ताप्लेजुङ पाथिभरा होटलमा बस्ने ३५...

मोदीको स्वागतका लागि यस्तो तयारी

जनकपुरधाम, २० बैशाख । यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च...