गजल मञ्चको गजल बाचन

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार २०:३६

हेटौंडा/ गजल मञ्चले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको गजल यात्राको एक सय ४४ औं शृङ्खला सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको हलमा भएको कार्यक्रममा मकवानपुरका करिब डेढ दर्जन गजलकारले गजल गायन तथा बाचन गरेका थिए ।
मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार डा. मुरारी पराजुली, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, साहित्कार तुल्सी घिमिरे, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, उपाध्यक्ष विश्वनाथ सञ्जले, सचिव चिरञ्जीवी लामिछाने, साहितय संगम मकवानपुरका सचिव उमेश तिमल्सिना, गजल ञ्चका सचिव केशब समर्पणलगायत गजलकारहरु डिबी वर्तौला, मनु रेग्मी ‘आशा’, उत्सव अर्याल, सञ्जित श्रेष्ठ, विशाल अधिकारी ‘आशुतोष’, बगेकी गंगा, सविन गुरुङलगायतले गजल बाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*