समाचार
अज्ञात समूहद्वारा बसमा आगजनी
ईलाम, २२ बैशाख । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ । बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको...
प्रदेश निर्वाचनमा उम्मेदवारविरुद्ध लागेको भन्दै प्रेस चौतारीद्वारा कारवाहीको चेतावनी
काठमाडौँ, २२ बैशाख । नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका...
उपमेयरको घर नजिक बम विस्फोट, घरमा क्षति
हेटौँडा, २२ बैशाख । मुलुकका विभिन्न स्थानहरुमा बम विस्फोट हुँदा सामान्य क्षतिहरु भएका छन् । चितवनको राप्ती नगरपालिका भण्डारामा उप मेयरको घर नजिक शुक्रवार राति भएको वम विष्फोटमा उप मेयर ईमानसिङ लामाको घरको झयालका सिसाहरु फुटेको छ । त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै एउटा वम भेटिएको छ...
पत्रकार महासंघ प्रदेश निर्वाचन : मकवानपुरमा करिब ८० मत खस्यो, मतदान जारी
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को निर्वाचन आज भइरहेको छ । निर्वाचन हुने सबै जिल्लामा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मलाई मतदान गर्ने समय तोकिएको छ । निर्वाचनमा कुल १२८४ मतदाता रहेका छन् । कुल १२८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २८०...
पत्रकार महासंघको प्रदेश स्तरीय चुनाव आज बिहान ८ बजेदेखि
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को निर्वाचन आज हुँदैछ । निर्वाचन हुने सबै जिल्लामा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मलाई मतदान गर्ने समय तोकिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ मा अध्यक्ष पदको लागि मात्र निर्वाचन हुन लागेको हो । अध्यक्ष बाहेकका...
मकवानपुरका सिडिओलाई लगाईयो गम्भिर आरोप, सिडिओ भन्छन्–‘कानुनी प्रक्रियामा निर्णय गरेको छु ’
हेटौँडा, २१ बैशाख । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामाथि राजनीतिक हाबी भएको आरोप लागेको छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका सेक्रेटरी वाटरलाई राजनीतिक दबावका कारण कारागार चलान गरिएको आरोप लागेको हो । नेकपा मकवानपुरका सेक्रेटरी वाटरलाई घर निर्माणमा खटिरहेको बेला गत बैशाख १२ गते प्रहरीले पक्राउ गरेको...
मुख्यमन्त्री पौडेलसहितको टोली प्रदेश ३ को राजधानी हेटौँडामा राख्न प्रधानमन्त्रीलाई गुहार माग्दै
हेटौँडा, २१ बैशाख । प्रदेश नम्बर ३ को राजधानी हेटौँडालाई नै कायम गर्न मुख्यमन्त्री डोरमिण पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहार मागेका छन् । शुक्रबार नेकपा एमालेको मकवानपुर जिल्ला कमिटीको मागपत्र बोकेर मुख्यमन्त्री पौडेलसहितको टोली प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै एमाले जिल्ला कमिटीले...
मकवानपुरका ७ यातायात समितिको रुट पर्मिट खारेज हुने
हेटौँडा, २१ बैशाख । यातायात व्यवसायीको सिण्डीकेट तोड्न कडा कदम चालेको नेपाल सरकारले आज सेवा संचालन नगरेका यातायता समितिका रुट पर्मिटलाई खारेज गर्ने निर्णय गरेसँगै मकवानपुरका ७ यातायता समितिको समेत रुट पर्मिट खारेज हुने भएको छ । सरकारको बिरुद्ध यातायात सञ्चालन नगरेको भन्दै ती समितिहरुको रुट खारेज गरिने निर्णय...
हेटौँडा थानाभर्याङमा रहेको तौलपुल बन्द गरिने
हेटौँडा, २१ बैशाख । मकवानपुरको हेटौंडा–११, थानाभर्याङमा रहेको नारायणी यातायात व्यवसायी संघद्धारा सञ्चालित तौलपुल बन्द गरिने भएको छ । तौल पुललाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरेको हो । संघले तौलपुलमा अनियमितता गरी थोरै राजश्व दाखिला गरेको पाईएकोले तौलपुल बन्द गराउन प्रहरीलाई निर्देशन...
मकवानपुरका ३ यातायात व्यवसायी पक्राउ
हेटौँडा, २१ बैशाख । यात्रुहरुलाई सेवा दिईरहेका भाडाका सवारी संचालनमा अवरोध गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले शुक्रबार हेटौँडाबाट ३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सदस्यहरु कृष्णबहादुर न्यौपानेर कृष्णकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई हेटौँडाको सिमाचोकबाट...









