विपुल क्षेत्री एण्ड ट्याभलिङ ब्याण्ड हेटौडामा

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार १७:४२

हेटौंडा ६ जेठ । फेम नेपाल प्रा.लि.को आयोजनामा हेटौडामा यहि जेष्ठ २६ गते टुवोर्ग फिचरिङ विपुल क्षेत्री एण्ड ट्याभलिङ ब्याण्ड तथा स्थानिय कलाकारहरुको प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

हेटौडाको टि.सि.एन चौरमा आयोजना गरिने कार्यक्रममा उपस्थितिका लागि टिकटको व्यवस्था गरिएको र विभिन्न स्थानमा टिकट लिन सकिने गरी विभिन्न चोृक तथा मुख्य बजारका विभिन्न पसलहरुमा टिकट पाईने गरी व्यवस्थापन गरिएको फेम नेपालले आज एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सार्थै आयोजकले उक्त कार्यक्रमका लागि करिब १५ देखि १७ लाख खर्च हुने किसिमले कार्यक्रम तय गरिएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*