समाचार

अझै एक-दुई दिन बदली र वर्षा हुने

काठमाडौँ, २० बैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम...

बालविवाह गर्ने जोडी विवाहमण्डपबाटै पक्राउ

रोल्पा, २० बैशाख । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् । बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह...

पत्रकार महासंघ प्रदेश ३ को निर्वाचनमा राजनीतिक सिण्डिकेट विरुद्ध जुर्मुराए पत्रकार

नेपाल पत्रकार महासंघ प्रदेशस्तरको चुनावी माहोल उत्कर्षमा छ । उम्मेदवारहरू आफ्नो पक्षमा मत जुटाउन भरमग्दुर प्रयत्न गरिरहेका छन् । समर्थक–शुभचिन्तक पत्रकारहरू पनि आ–आफ्ना निकटका उम्मेदवारका लागि भोट मागिरहेका छन् । सातै प्रदेशमा आ–आफ्ना उम्मेदवारहरूका निम्ति मत माग्दै हिँडेका सञ्चारकर्मीहरूले चुनावी अभियानलाई उत्कर्षमा पुर्याएका छन् । देश संघीयतामा गएपछि प्रदेशस्तरको...

विश्व प्रेस स्वतन्त्रता दिवस आज , घटेन प्रेस स्वतन्त्रता उल्लंघनका घटना

काठमाडौँ, २० वैशाख । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि बुधबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च...

को–को मुछिए साढे ३३ किलो सुनकाण्डमा ? यस्तो छ भाग्ने र पक्राउ पर्नेको लिष्ट

काठमाडौँ, १९ बैशाख । साढे ३३ किलो सुनकाण्डको पर्दाफास हुने क्रममा ६३ जना विरुद्ध मुद्धा दर्ता भएको छ । उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरणमा बुधबार मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको हो । सुनकाण्डमा सुन तस्करीका नाइके भनिएका उर्लाबारीका चुडामणि...

डिजल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ, १९ बैशाख । बुधबार राति १२ बजेदेखि लागु हुने गरि डिजल, पेट्रोल र मट्टितेलको भाउ बढाइएको छ । नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको हो । मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ...

साढे ३३ किलो सुन काण्डमा नयाँ खुलासा, ६३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १९ बैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको समितिले घटनामा संलग्न गोरे ग्याङका बारेमा नयाँ खुलासा गरेको छ । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको हो । उर्लाबारीका चुडामणि उप्रेती...

राप्ती नदि र मनहरी खोलामा नदीजन्य उत्खनन् रोक्न पत्राचार

मकवानपुर, १९ बैशाख । मनहरी गाउँपालिकाले राप्ती र मनहरी खोलामा भइरहेको नदीजन्य उत्खनन् तत्काल रोक्न उत्खननकर्तालाई पत्राचार गरेको छ । बुधवार गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिला बिष्टले गाउँपालिकालाई कुनै किसिमको लिखित जानकारी नै नदिई भइरहेको उत्खननबारे चासो ब्यक्त गर्दै उत्खनन् रोक्न पत्राचार गरेकी हुन् । उनले पत्रमा राप्ती र मनहरी...

हेटौँडा बसपार्कबाट युवक पक्राउ

हेटौँडा, १९ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट लागुऔषध नाईट्रोभेटसहित एक युवक पक्राउ परेका छन् । बैशाख १८ गते राति पौने १० बसे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ का १८ वर्षीय श्रीभगवान सुनारलाई पक्राउ गरेको हो ।...

गैसस महासंघ प्रदेश ३ अध्यक्षमा मकवानपुरका बुद्ध शरण लामा चयन

हेटौँडा, १९ बैशाख । गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश नम्बर ३ को प्रथम अधिवेशनबाट मकवानपुरका बुद्ध शरण लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । आज हेटौँडामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धादिङका दामोदर अर्याल, सचिवमा मकवानपुरका आरती पाठक, कोषाध्यक्षमा सिन्धुपाल्चोकबाट सञ्चमाया स्याङबो, सहसचिवमा काठमण्डौँबाट अमरसिंह अधिकारी चयन...