समाचार
जुट मिल सञ्चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने
विराटनगर १८ बैसाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो । प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व...
शिक्षामा राजनीति नगरौंः देउवा
धनगढी १८ बैसाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए । देउवाले प्रदेश...
गृहमन्त्रीले हेटौँडामा भने–‘ भ्रष्टाचार, सिण्डिकेट र तस्करीलाई समाप्त पारिन्छ’
हेटौँडा, १८ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिण्डिकेट, भ्रष्टचार र तस्करीलाई समाप्त पारेरै छाड्ने चेतावनी दिएका छन् । यस अघि समेत सिण्डिकेट लगायतका विषयमा अडिग रहेका मन्त्री बादलले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको दाबी गरे । ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा...
६ महिनामा खनियो चार किलोमिटर सुरुङ, भेरी बबई डाइभर्सन आयोजना पर्यटकीय स्थल बन्दै
काठमाडौँ १८ बैसाख । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन ९टिबिएम० प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार...
गोरखा दरबार पुनःनिर्माण अलपत्र
गोरखा १८ बैसाख । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ । यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो ।...
झापाकी बृद्धामाथी यस्तो अन्याय
झापा १८ बैसाख । इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको राससले जनाएको छ । आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुव्र्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार पीडक युवाले...
अफगानिस्तानमा बम आक्रमण, बिबिसीका एक सहित सञ्चारकर्मीसहित ३६ मारिए
काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि...
फोर्ड गाडीले यसरी नेपाली ग्राहकलाई ठग्दैछ, ४० प्रतिशत बढी मूल्य
काठमाडौँ, १८ बैशाख । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। आजको नेपाल समाचार पत्रमा समाचार छ । जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई...
३३ केजी सुन प्रकरण : शव लुकाउन २ करोडको बार्गेनिङ
विराटनगर, १८ बैशाख । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले...
हेटौंडाको हर्नामाडीमा बुद्धको मूर्ति शिलान्यास, करीब १ करोड लागतमा मूर्ति स्थापना गरीने
मकवानपुर १७ बैसाख । २५६३ औं बुद्ध जयन्तीको अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीमा गौतम बुद्धको मूर्तिको शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा हेटौंडाका बसन्तमान श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन्, त्यसैगरी । लायन्स अफ क्लब अफ काठमाडौं बौद्धले २ लाख...








