इस्लाम धर्मावलम्बीको रमजान शुरु

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १९:२३

मकवानपुर ३ जेठ । इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि शुरु भएको छ ।

अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा व्रत राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना सेरी खाने तथा साँझ सूर्यास्तपछि फलाहार इफ्तार गर्छन् । धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज तीर्थाटन जकात दान र कल्मा पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*