एकता गरेकोमा ओली र प्रचण्डलाई कमल थापाको बधाई

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १९:०४

मकवानपुर । राप्रका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र माओवादीबीचको एकताले आपूलाई खुसी लागेको भन्दै बधाई दिएका छन् ।

राष्ट्रिय सभागृहमा दुबै पार्टीबीच एकता प्रकृया सुरुभएपछि गृह जिल्ला मकवानपुर भएका थापाले दुबै पार्टीलाई बधाई दिएका हुन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले एकता भएकोमा खुसी लागेको लेखेका हुन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कमल थापाले बधाई दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*