हेटौँडाको चोक–चोकमा मुख जोडेर मापसे चेकिङ

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १९:४९

–बलराम पुडासैनी
मकवानपुर, ३ जेठ ।
मकवानपुरमा हाल सवारी व्यवस्थापन लथालिङ्ग छ । सवारी पार्किङ ,सवारी जाँचको व्यवस्था भताभुङ्ग र लथालिङ्गको अवस्थामा रहेको बेलामा यस्तै हो भनेर चित्त बुझाएर बसे पनि ट्राफिक प्रहरीले मापसे चेकिङ गर्ने तरिका दयालाग्दो पाराको छ । मापसे गरेकोे वा नगरेको थाहा पाउने उपकरण वे्रथलाईजर समेत ट्राफिकसँग पर्याप्त मात्रामा छैन । भएकाहरु पनि विग्रीएको अवस्थामा छन् । तर त्यसको मर्मतमा कसैलाई चासो भने छैन । यदि ट्राफिक प्रहरीले विशेष पोषाक नलगाउने हो भने मापसे चेक गर्दाको दृश्यले सर्वसाधारणलाई समेत झस्काउन सक्छ । तर ब्रेथलाईजर नभएका ट्राफिक प्रहरीसँग धन्न पोषाक छ, जसका कारण मानिसले म्वाँई खाएको जस्तो देखिने दृश्यलाई मापसे चेकिङ भनेर बुझ्न सक्छन् । किन कि हेटौँडामा धेरै स्थानमा मापसे चेकिङ गर्न ट्राफिक प्रहरीले सवारी चालकको मुखमा मुख जोडुँला झैँ गरेर सुँघ्नुपर्ने बाध्यता छ ।

यस विषयमा सरोकारवालाहरु सुधारका विभिन्न आश्वासन बाँडी नै रहन्छन् तर काम भने फिटिक्कै गर्दैनन् जसका कारण बजारमा ट्राफिक अस्तव्यस्त हुँदै दिनानुदिन बढ्दै गएको छ । साथै जनताले निकै नै सास्ती समेत भोग्दै आएका छन् ।

तँपाई राति ८ बजेपछि हेटौंडामा सवारीमा यात्रा गर्नुभो भने ट्राफिक चेकजाँचमा प्राय पर्नुहुन्छ । चेकजाँच गर्नु निकै राम्रो कुरा हो तर सवारी चालकसंग गर्ने उनीहरुको व्यवहार निकैनै दरिद्र स्वभावको हुन्छ । त्यत्तिमात्र हैन मापसे चेकजाँचको क्रममा जनताले झनै सास्ती व्यहोर्नु परेको छ । प्राविधिक रुपमा मापसे गरेको वा नगरेको पत्ता लगाउने ब्रेथलाईजर आवश्यक मात्रामा छैन् । सवारी चालकलाई सुँघेंको आधारमा मापसेको परिक्षण गर्छन हेँटौंडाका ट्राफिकहरु । जिल्ला ट्राफिक कार्यालय मकवानपुर स्रोतका अनुसार हाल कार्यालयमा ४ वटा वे्रथलाईजर रहेका छन् जसमध्ये एउटामात्र संचालनमा रहको छ । ३ वटा विग्रीएका अवस्थामा रहेता पनि त्यसको मर्मतमा ट्राफिक कार्यालयको चासो पुगेको छैन् ।

कहिलेकाँहि मापसे गरेकाले पनि आवश्यक संजाय नपाउने तर कहिलेकाँहि मापसे नगरेकाहरुपनि ट्राफीक प्रहरीको मुड अनुसार कारवाहीमा पर्ने गरेका छन् । पटक पटक मापसे नगर्दा समेत कारवाहीमा परेको सर्वसाधारणहरुको गुनासो छ ।

हाल सवारी चालक अनुमति पत्र प्राप्त गरेका सवारी चालकलाई मापसे गरेको अवस्थामा कारवाही स्वरुप रु एक हजार जरीवाना र सवारी चालक अनुमति पत्रमा प्वाल पारिने गरिएको र सवारी चालक अनुमतिपत्र नभएकाहरुलाई २ हजार जरिवाना साथै १ दिने सवारी संचालन सम्बन्धी कोर्ष प्रदान प्रदान गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*