मकवानपुुर उद्योग वाणिज्य संघले गर्यो कर शिक्षा तालिम प्रदान
मकवानपुर ३ जेठ । मकवानपुर उद्योग वाणिज्य संघले कर शिक्षा सम्बन्धी तालिमको आयोजना गरेको छ । व्यवसायीहरुलाई करशिक्षा सम्बन्धी तालिम प्रदान गरी कर सम्बन्धी हर हिसाव राख्न सहज होस भन्ने उदेश्यले उक्त तालिमकोृआयोजना गरीएको मउवा संघले जनाएको छ ।
स्रोतको अनुसार व्यवसायीहको दैनिक व्यवसायीक कारोवारको हिसाव नियमानुसार भए नभएको हेर्नको लागि अध्ययनरत विद्यार्थीहरुलाई समेत यस्ता तालिम दिने लक्ष्य रहेको छ ।
तालिम कार्यक्रममा कर शिक्षा तालिमको आवश्यकताको वारेमा संघका उपाध्यक्ष रामप्रसाद न्यापानेले यस पटकको तालिमले व्यवसायीहरुको अन्यौलता हटाएको र अर्को पटक पनि यस्ता तालिमको आयोजना गर्ने जानकारी दिए ।
व्यवसायीहरुको हक हितको लागि हामी आएका छौं व्यावसायीहरुको सल्लाह सुझाव र माग बमोजिम यस्ता तालिमहरु प्रभावकारीरुपमा सञ्चालन गर्ने प्रतिवद्धता न्यौपानेले व्यक्त गर्नु भएको थियो ।
तालिममा करीब ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
