समाचार

खाद्य संस्थानमै चामलको अभाव

भोजपुर, १७ बैशाख । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ ।...

हेटौँडामा ३० जनाले गरे रक्तदान

हेटौँडा, १७ बैशाख । नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरले आयोजना भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला र २६ पुरुषले रक्तदान गरेको ट्रेड यूनियन काँग्रेस मकवानपुुरका अध्यक्ष यम श्रेष्ठले जानकारी दिए । नेपाल निर्माण...

मुख्यमन्त्री पौडेलले हेटौँडामा भने–‘विदेशी सामान बढी प्रयोग भो’

हेटौँडा, १७ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सामाग्रीको बढी प्रयोग गरि स्वदेशी सामाग्रीलाई हेला गरिएको बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले आयोजना गरेको सहकारी व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री पौडेलले उत्पादनलाई भन्दा स्वदेश उत्पादनलाई बढि प्राथमिकता दिनुपर्ने बताए...

गौतम बुद्ध सम्बन्धी बनेका चर्चित चलचित्र र टेलिचलचित्रहरु

–चन्द्र घलान हेटौँडा, १७ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६२ औं बुद्ध जयन्ती । महा मानव गौतम बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा...

बुद्ध जयन्तीका अवसरमा हेटौँडामा ह्याङ्ला तामाङ समाजको बृहत र्याली (फोटो फिचर)

हेटौँडा, १७ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान मकवानपुरको हेटौँडामा बृहत र्याली निकालिएको छ । ह्याङ्ला तामाङ समाज मकवानपुरको आयोजनामा बृहत र्याली निकालिएको हो । हेटौँडा बसपार्कको साङ्तोक पलरी गुम्बाबाट सुरु भएको बृहत र्यालीले हेटौँडा बसपार्क, समिल रोड, सिमाचोक, बुद्ध चोक, कान्तिराजपथ, संगमचोक, पुरानो मकवानपुर रोड...

ऊँ दिव्य मन्दिरको शान्ति र्याली हेटौँडा बजारदेखि त्रिवेणीधामसम्म

हेटौँडा, १७ बैशाख । ऊँ दिव्य मन्दिर त्रिवेणीधाम (दिव्य केन्द्र) ले २५६२ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान मकवानपुरको हेटौँडामा शान्ति र्याली निकालेको छ । केन्द्रले विभिन्न भेषभुषासहित सजिएका धर्मालम्बीहरुको सहभागितामा र्यालीको आयोजना गरेको हो । हेटौँडाको शान्ति टोलबाट सुरु भएको र्यालीले बुद्धचोक, बसपार्क र पूनः बुद्धचोक हुँदै कर्रा,...

मलेशियामा नेपालीहरुलाई जथाभावी यातना र कैद बढ्दो

काठमाडौँ, १७ बैशाख । वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने...

असुरक्षित बन्दै ओमन, नेपाली महिलाको अपहरणपछि बलात्कार

काठमाडौँ, १७ बैशाख । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी...

आज २५६२ औं बुद्ध जयन्ती, देशैभर मनाइँदै

हेटौँडा, १७ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको...

हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन, भोलि बिहान र्याली हुने

हेटौँडा, १६ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा आईतबार साँझ हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । ह्याङ्ला तामाङ समाज, हेटौडाको आयोजनामा दिप प्रज्वलन तथा लामागुरुबाट पुजा गरिएको हो । दिप प्रज्वलनका क्रममा लामा गुरु शेरप दोर्जे लामा, जीवन लामा लगायतले पुजा गरेका थिए । दिप प्रज्वलनमा ह्याङ्ला...