समाचार
नेपाल बंगलादेश जोड्ने सुरुङमार्ग निर्माणमा सरकारको यस्तो तयारी
काठमाडौँ १६ बैसाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको...
काठमाडौंको रुद्रमती कोरिडोरको यो अवस्था
काठमाडौँ १६ बैसाख । रुद्रमती धोबीखोला कोरिडोर निर्माणमा वर्षौँ लागेपछि स्थानीयवासी हिलो र धुलोमा बस्न बाध्य भएका छन् । कोरिडोरको कालोपुलबाट भत्केको पुल खण्डको दायाँबायाँ सडक कालोपत्र गर्ने काम वर्षौँदेखि अलपत्र हुँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । ढलको एउटा ट्यांक बनाउन छ महिना लागेको सडक किनारमा व्यापार गर्दै...
१० बर्षीया बालिका बलात्कृत
म्याग्दी १६ बैसाख । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् । अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार...
पहिलो चरणमा करिब साढे चार लाख विद्यार्थी भर्ना,
काठमाडौँ १६ बैसाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो । दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई...
कोरियामा प्रदेश नम्बर ३ एकता समाज गठन, अध्यक्षमा मकवानपुरका किशोर ब्लोन चयन
दक्षिण कोरिया, १६ बैशाख । ‘प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरिया’को प्रथम अधिवेशन दक्षिण कोरियामा सम्पन्न भएको छ । कोरियामा रहेका प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्ला मध्ये क्रियाशिल ९ जिल्ला समितिको समान प्रतिनिधित्वमा ‘देश विकासमा हाम्रो योगदान, एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नारासहित पहिलो अधिवेशन भएको...
बुद्ध जयन्तीका अवसरमा हेटौँडामा दिप प्रज्वलन हुँदै, सोमबार बिहान र्याली हुने
हेटौँडा, १६ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा आईतबार साँझ हेटौँडको बुद्धचोकमा दिप प्रज्वलन हुने भएको छ । आज साँझ ६ बजे ह्याङ्ला तामाङ समाज, हेटौडाको आयोजनामा दिप प्रज्वलन तथा लामागुरुबाट पुजा गरिने समाजका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिए । र्याली र दिप प्रज्ललनको लागि सबै तयारी पुरा...
राम्रो काम गरेर फर्किएका ३ हजारलाई फेरि कोरिया लगिँदै
काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । “परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका...
चेपाङ गाउँमा पुस्तकालय बनाउन सहयोग
चितवन, १६ बैशाख । चितवनको विकट क्षेत्र कोराकस्थित चेपाङ बालबालिका अध्ययन गर्ने थाकलटार माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न प्रवासबाट रु एक लाख सहयोग प्रदान गरिएको छ । चितवन समाज जापानद्वारा रकम संकलन गरी पुस्तकालयलाई रु एक लाख सहयोग गरिएको चितवन समाज जापानका निवर्तमान अध्यक्ष सरोज कँडेलले जानकारी दिनुभयो...
बालकको हत्या गरि कोठामा लुकाउने पक्राउ
काठमाण्डौँ, १६ बैशाख । दुई बालकको हत्या गरि आफ्नै कोठामा शव लुकाएर फरार भएका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले उनलाई केहि समय अगाडी पक्राउ गरेको एसएसपी धीरज प्रताप सिंहले बताए। उनलाई सिराहाको मदर चोकबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको...
जन्ती गएका ७ जना घाईते
डडेल्धुरा, १६ बैशाख ।डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् । जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हँुदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब...










