समाचार

घरेडीडाँडामा बाटो स्ल्याब हुँदै, एक सय मिटर स्ल्याब हुने

–चन्द्र घलान हेटौँडा, १५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घरेडीडाँडामा धमाधम बाटो स्ल्याब हुँदैछ । घरेडीडाँडा बस टर्मिनल स्ल्याब उपभोक्ता समितिका अध्यक्ष यदुकुमार नेपाल, समितिका ७ सदस्यसहित वडा नम्बर १२ का जनप्रतिनिधि र स्थानीयको सक्रियतामा बाटो स्ल्याब गरिएको स्थानीय रामहरी पोखरेलले जानकारी दिए । ४ मिटर...

हेटौँडाका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम

हेटौँडा, १४ बैशाख । मकवानपुरको हेटौँडामा व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम दिइएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा कार्यक्रम भएको हो । सरकारी नियमानुसार हिसाब–किताब राख्न सरल बनाउने उद्देश्यका साथ लेखा तथा कर शिक्षा तालिम आयोजना गरिएको संघले जनाएको छ । तालिम लिए पश्चात कुनै पनि व्यवसायी...

तराई मधेस फास्ट ट्रयाकले बस्ती जोखिममा पारेको भन्दै ज्ञापन पत्र

मकवानपुर, १४ बैशाख । तराई मधेस फास्ट ट्रयाक निर्माणका क्रममा वस्ती नै जोखिममा परेको भन्दै प्रभावितहरुले आज मकवानपुरको बकैया गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । बकैया गाउँपालिका वडा नम्बर ५ का प्रभावित बुदुने, भडौरा, तिनतले तथा दहिदमारवासीहरुले सडक निर्माणका क्रममा जङ्गल फँडानी तथा बस्तीमाथि रहेको ठाडो भिरमा कटानी गर्दा बस्ती...

प्रदेश ३ को स्थायी राजधानी कहाँ ? यसरी गर्दैछ प्रदेशसभाले निर्णय

हेटौँडा, १४ बैशाख । प्रदेश नम्बर ३ को स्थायी राजधानीका विषयमा चर्काचर्की बहस पहिलेदेखि नै भए पनि प्रदेश ३ को स्थायी राजधानीका विषयमा भने आजदेखि प्रदेशसभामा निर्णायक छलफल सुरु भएको छ । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आज बसेको प्रदेशसभा बैठकले प्रदेश ३ को स्थायी राजधानीको स्थान अध्ययन...

पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष पदका उम्मेदवार गिरिजाप्रसाद अधिकारीले सार्वजनिक गरे यस्ता योजनाहरु

हेटौँडा, १४ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्ष पदका उम्मेदवार गिरिजा प्रसाद अधिकारीले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । उनले विभिन्न योजनाहरु सार्वजनिक गर्दै ती योजनाहरु प्रदेश पत्रकार महासंघको पहिलो बैठकमा पेश गर्ने र त्यसमा आवश्यक छलफल तथा आवश्यक संशोधन समेत गरी कार्ययोजनाको रुपमा निर्णय...

पुननिर्माण प्राधिकरणप्रति आक्रोशित बन्दै मुख्यमन्त्री पौडेलले भने– ‘५० हजारले डिबिसी गर्न पनि पुग्दैन’ कसरी लिने भुकम्प पीडिततले किस्ता ?’

–चन्द्र घलान हेटौँडा, १४ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले राष्ट्रिय पुननिर्माण प्राधिकरणप्रति आक्रोश पोखेका छन् । आज प्राधिकरणले गरेको प्रदेश स्तरीय भुकम्प पुननिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले भुकम्पबाट ध्वस्त भएको संरचना निर्माणमा ढिलाई भएको भन्दै पुननिर्माण प्राधिकरणको काम सुस्त भएको प्रति...

९ बुँदे माग पुरा गर्न मुख्यमन्त्री पौडेल र कानुन मन्त्री जम्कट्टेलसँग ताम्सालिङ समितिको माग

–चन्द्र घलान हेटौँडा, १४ बैशाख । तामाङका सवालमा विभिन्न ९ बुँदे मागसहित नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समिति (ताम्सालिङ) ले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापन पत्र बुझाइएको छ ।  आज बिहान मुख्य मन्त्री पौडेललाई हेटौँडाको एभोकाडो होटल...

पूननिर्माणको सहयोग रकम सरकारले रोकेपछि फुकुवाको माग, मुख्यमन्त्री पौडेल र कानुन मन्त्री जम्कट्टेलाई ज्ञापन पत्र

–चन्द्र घलान हेटौँडा, १४ बैशाख । वि.सं. २०७२ सालको विनाशकारी महाभुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा बिहार पुननिर्माणकोलगि पुननिर्माण प्राधिकरणबाट प्रतिबद्धत्ता जनाइएको ८ अर्ब ९३ करोड बजेटलाई समेत सरकारले रोकेपछि रकम फुकुवाको मागसहित विभिन्न १० बुँदे माग गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री...

आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग

हेटौँडा, १३ बैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा आगलागी पीडितलाई नगद सहयोग गरेका छन् । पूर्व गृहराज्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा नम्बर १ गोगनपानीस्थित अकिल घलानको घर अचानक विद्युत सर्ट भई आगलागी भई धनजनको क्षति भएकोमा तत्काल केही राहत होस्...

हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम

हेटौँडा, १३ बैशाख । हेटौडा उपमहानगरपालिका अन्तर्गतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण हुने...