हेटौँडाबाट २० जना जुवाडे पक्राउ, ६ दिन म्याद थप
हेटौँडा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका अन्य प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २० जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
हेटौँडा नगरका विभिन्न स्थानहरुमा पैसाको हारजित हुने गरी बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ८३ हजार ९ सय बयालिस रुपैयाँ नगद, तास ५८३ पत्ती, कार्पेट १ थान, दरी २ थान र चकटी ११ थान समेत प्रहरीले नियन्त्रणमा लिएको छ । साथै उनीहरुलाई ६ दिनको म्याद थप गरी अवाश्यक अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।
प्रहरीले हेटौँडा–९ बस्ने ६ जना, हेटौँडा–४ बस्ने १ जना, हेटौँडा–८ बस्ने २ जना, बकैया गाउँपालिका–७ बस्ने २ जना, रामेछाप मन्थली २ बस्ने १ जना र हेटौँडा ३ बस्ने ८ जनालाई पक्राउ गरेको हो ।
