समाचार
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
हेटौँडा, १३ बैशाख । प्रदेश नम्बर ३ को सरकारले आज बिहीबार चालु आर्थिक वर्षको बजेट संसद सचिवालयमा प्रस्तुत गरेको छ । तर बजेट केबल सरकारको लागि मात्र ल्याइएको भन्दै आलोचना समेत भएको छ । आज चालु आर्थिक वर्षमा गरिने खर्च र पूँजीगत बजेट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश...
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो । यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय...
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
सुर्खेत–उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यस्तो बताएका...
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन...
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
बनेपा १२ बैसाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ । ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयुक्त प्रयासमा निर्माण गरिएको भूकम्प प्रतिरोधी नमूना घर आज प्राधिकरणका सदस्य डा विष्णुबहादुर भण्डारीले त्यहाँका एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गरेका...
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
काठमाडौं १२ बैसाख । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७३र७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार...
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा
काठमाडौँ, १२ बैशाख । टिमको खराब अवस्थाको सम्पुर्ण जिम्मा लिँदै टिम दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानबाट राजिनामा दिएका छन । पहिलो खेलका अर्धशतक बनाएका उनले बाँकी ५ खेलमा राम्रो गर्न सकेनन् । उनले दिल्लीमा पत्रकार सम्मेलन गर्दै राजिना दिएका हुन् । गम्भिरको स्थानमा अब नयाँ कप्तान श्रेयस...
फरार अभियुक्तलाई हेटौँडामा ल्याइयो, अनुसन्धान सुरु
हेटौँडा, १२ बैशाख । वि.सं. २०७३ साल चैतमा फरार भएका एक युवकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक अनुसन्धानका लागि पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको साविक भौराटार गाविस वडा नम्बर ३ बस्ने लक्ष्मण राउत कुर्मीका ३६ वर्षीय छोरा प्रभु राउत कुर्मीलाई मंगलबार नियन्त्रणमा लिई...
हेटौँडाबाट सार्वजनिक भयो यातायात व्यवसायीको आन्दोलनको तालिका, यस्तो छ देशभरको आन्दोलन
हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा गरेको सिण्डिकेटको विरोधमा संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौडाले कार्यतालिका सहित आन्दोलनको तयारी गरेको छ । देशकै संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौँडाले आज व्यवसायी भेला आयोजना गरि सबै क्षेत्रका व्यवसायीलाई एकजुट भई आन्दोलनमा सहभागि हुन समेत आग्रह गरेका छन् । अटो...
३ विद्यालयको सहभागितामा हेटौँडा–४ मा शैक्षिक अन्तरक्रिया
हेटौँडा, १२ बैशाख । हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ मा रहेका ३ माध्यमिक विद्यालयहरुसँग वडा शिक्षा समितिले अन्तरक्रिया गरेको छ । वडा शिक्षा समितिको आयोजनामा वडा नम्बर ४ स्तरीय शैक्षिक अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा भुटनदेवी मा.वि., आधुनिक मा.वि र श्रमिक मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता...









