देबेन्द्र कार्कीको गीतमा जूनाले परेली झिम्काएपछि बबाल मच्चियो – भिडियो पनि हेर्नुहोस्
मकवानपुर । गीतकार तथा संगीतकार विकास पाण्डेको शब्द संगीत र देबेन्द्र कार्कीको स्वरमा नयाँ गीत झिमझिम झिम्काई परेली, के भन्नलाई खोजेकी बोलको गीत बजारमा आएको छ । केही दिनअघि बजारमा आएको यो गीतले दर्शकको मन तानिरहेको छ ।
गणेश चौधरीले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् । भीमफेदी गाइज्का कलाकारहरुको अभिनय रहेको यो म्युजिक भिडियो केही दिनअघिमात्र यु ट्युवमा राखिएको छ ।
यसअघि बिभिन्न गीत लेखन र संगीत कर्ममा लागेका पाण्डेले यो गीतबाट निकै आसा राखेको बताए । गायक कार्कीले पाण्डेको शब्दसंगीतलाई आफ्नो तर्फबाट राम्रो बनाउन निकै मेहनेत गरेको बताएका छन् ।
