पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटिलाई सोलिड्यारीटीको सम्मान
हेटौँडा, २९ बैशाख । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटिका नव निर्वाचित कार्यसमितिलाई हेटौँडामा अवस्थित सोलिड्यारीटी इन्टरनेशनल एकेडेमीले स्वागत तथा सम्मान गरेको छ ।
विद्यालयले आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरि समितिका अध्यक्ष प्रताप विष्ट, महिला उपाध्यक्ष नानीमैयाँ कार्की ‘सम्झना’, महासचिव कृष्ण सारु मगर सहितको टोलीलाई सम्मान गरेको हो । विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, अध्यक्ष उम्मेदवार गिरिजा प्रसाद अधिकारी, विद्यालयकी प्रिन्सीपल रीना आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
हाल १ हजार ७ सय विद्यार्थी अध्ययनरत विद्यालयमा २ सय १० जना विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिएको छ ।
