समाचार

‘कृष्ण सेन ईच्छुक’ पत्रकारिता पुरस्कार नवराज शर्मालाई

मकवानपुर ११ बैसाख । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले स्थापना गरेको पहिलो ‘कृष्ण सेन ईच्छुक’ पत्रकारिता पुरस्कारबाट मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई प्रदान गरिने भएको छ । संगठनको मंगलबार बसेको बैठकबाट पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष एवं अग्रज पत्रकार शर्मालाई पुरस्कार प्रदान गरिने निर्णय गरेको हो । लामो समयसम्म जनपक्षिय...

हेटौँडाको वस्तुस्थिति बुझ्दै ७३ सांसदहरुले गरे हेटौँडामा भ्रमण

हेटौँडा, ११ बैशाख । प्रदेश नम्बर ३ का ७३ जना सांसदहरुले प्रदेश राजधानी मकवानपुरको हेटौँडाको भ्रमण गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले प्रदेश नं. ३ का सांसदहरुलाई हेटौंडाको भ्रमण गराएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गरिएको भ्रमणमा हेटौंडाको बस्तुस्थितिका बारेमा सांसदहरुलाई अधिकतम बुझाउने प्रयास गरिएको थियो...

खाद्य संस्थान हेटौँडाको प्राङ्गणबाट लागुऔषध सहित ताराबहादुर पक्राउ

हेटौँडा, ११ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित खाद्य संस्थानको कार्यालय प्राङ्गणबाट लागुऔषध गाँजा र नाईट्रोभेटसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बारा जिल्लाको हरैया १ घर भई हाल हेटौँडा २ मा बस्ने २२ वर्षीय ताराबहादुर धिताललाई...

गोले (तामाङ) वंश उत्थान समाज मकवानपुरको जिल्ला अधिवेशन बैशाख १५ गते

हेटौँडा, ११ बैशाख । गोले (तामाङ) वंश उत्थान समाज मकवानपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन यही बैशाख १५ गते हेटौँडामा हुने भएको छ । मकवानपुरको हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा बिहान ११ बजे अधिवेशन हुने गोले (तामाङ) वंश उत्थान समाजका केन्द्रिय सदस्य शुभरत्न गोले तामाङले जानकारी दिएका छन् । समाजले...

पदमपोखरीमा सिर्जनशिल टोल विकासको कमिटि गठन, अध्यक्षमा लेखराम

हेटौँडा, ११ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलन चोकमा सिर्जनशिल टोल विकास समितिको पूर्ण कमिटि गठन गरिएको छ । यस अघि गठित तदर्थ समितिको भेलाले लेखराम डिमडुङ अध्यक्ष रहने गरि ११ सदस्यीय पूर्ण कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा त्रिलोचन नेपाल, सचिवमा दिलबहादुर रुम्बा,...

३ नम्बर प्रदेश प्रमुख कोईरालाले के भनिन् प्रदेशसभा सम्बोधनमा ? (पूर्ण विवरण सहित)

हेटौँडा, ११ बैशाख । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै विविध विषयको उठान गरेकी छिन् । प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले भुकम्प पिडीतको समेत समस्या उठान गरिन् । भुकम्प गएको ३ बर्ष भईसक्दा पनि ३० प्रतिशत भुकम्प पीडितले मात्रै आंशिक अनुदान...

न्यूरेनीमा ट्रकले ठक्कर दिँदा युवक गम्भिर घाईते, अवस्था चिन्ताजनक

हेटौँडा, ११ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन् । न्यूरेनीमा सिमेन्ट बोक्ने ना. ७ ख. ७९५६...

बन्दुके शैलीको अनुगमनदेखि २५ मिटर सडक विस्तारसम्मको विषयमा मउवा संघ अध्यक्ष कटुवालले मुख खोले

प्रस्तुति–बलराम पुडासैनी मकवानपुर, १० बैसाख । मकवानपुरको व्यवसाय जगतमा निकै नै समस्याहरु छन् । बजार व्यवस्थापन अस्तव्यस्त छ । बजारका पसलहरुमा एउटै सामानको मुल्य फरक–फरक छ । बजार अनुगमन व्यवस्थित छैन, बजारका केहि पसलका खाध्य पदार्थको गुणस्तरको कुनै लेखाजोखा नै छैन, ती खाद्य पदार्थ सेवनले स्वास्थ्यलाई ठूलो हानि गर्ने...

विद्यार्थीले प्रतिबद्धत्ता जनाउँदै भने–‘हामीलाई पदमपोखरी बहुमुखी क्याम्पस नै प्यारो छ ’

–चन्द्र घलान हेटौँडा, १० बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुको फेयरवेल (बिदाई) कार्यक्रम चल्दै गर्दा एक विद्यार्थीले भनिन् ‘हामीलाई विद्यालय हातामा नै संचालन भइरहेको पदमपोखरी बहुमुखी क्याम्पसको धेरै माया छ, म बिबिएस प्रथम वर्ष यही क्याम्पसमा पढ्छु ।’...

म्यासेन्जर एप इमोमार्फत लाखौँ ठगी

नुवाकोट, १० बैशाख । म्यासेन्जर एप ईमो मार्फत एक युवक ठगिएका छन् । नुवाकोटको तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई हिन्दी भाषा बोल्ने एक युवकले इमोमार्फत विभिन्न बहाना बनाएर दुई लाख ९० हजार ठगेका हुन् । ती युवकले नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिठ्ठा’ परेको भन्दै यही...