समाचार

file photo

धमाधम कोषबाट पैसा निकाल्दै यातायात व्यवसायी, पैसा निकाल्नेलाई मुद्धा

-उत्तम काप्री काठमाडौँ, ९ बैशाख । सरकारले देशभरबाट सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघहरुले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् । लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौँ पैसा निकालेको जानकारी उच्च स्रोतले अन्नपूर्णलाई दिएको छ ।...

एमाले–माओवादीले एउटै मञ्चमा, यसरी खोजिँदै छ सहमति

शुरोजंग पाण्डे काठमाडौँ, ९ बैशाख । पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् । अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं...

सिन्धुलीमा विप्लव पार्टीको शैन्य वेशक्याम्प : प्रहरी

सिन्धुली -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा...

पेस्तोल र गोली सहित ठमेलबाट २० वर्षीय पुकार पक्राउ

काठमाडौं– काठमाडौं ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको नेपाल...

रेलमार्गमा लगानी गर्न प्रस्ताव गरेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्गमा लगानी गरिदिन चीनलाई प्रस्ताव गरेको बताएका छन् । ६ दिने औपचारिक भ्रमणबाट आज फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

सबै क्षेत्रकाे कार्टेलिङ तोडिन्छ : अर्थमन्त्री खतिवडा

पर्सा / अर्थमन्त्री डा. युवराज खतिवडाले जुनसुकै क्षेत्रमा हुने कार्टेलिङ तोडिने बताएका छन् । अर्थ मन्त्रालयको राजश्व समितिले वीरगञ्जमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा मन्त्री खतिवडाले प्रतिस्पर्धी ढङ्गमा व्यवसाय गर्न सबैले पाउनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उद्योगी व्यापारीहरुले कार्टेलिङ...

हेटौँडाको कर्रा खोला सरसफाई

हेटौँडा, ८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रहेको कर्रा खोला सरसफाई गरिएको छ । स्थानीय युवा तथा सामाजिक संस्कार समितिको अगुवाईमा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल र अन्य जनप्रतिनिधिहरुको सहभागितामा खोला सरसफाई गरिएको हो । खोला सरसफाईमा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष रविन जोशी, सामाजिक सँस्कार सेवा...

मकवानपुरमा घर जल्दा ६ महिने बालकको ज्यान गयो

मकवानपुर, ८ बैशाख । मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर १ खोलाखर्कमा शनिबार बिहान आगलागी हुँदा १ बालकको ज्यान गएको छ । खाना पकाउने क्रममा घरमा आगो सल्कँदा स्थानीय कुमार गुरुङका ६ महिने छोरा सुजन गुरुङ ज्यान गएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । आगलागीबाट घर पूर्णरुपमा जलेको...

३३ किलो सुनकाण्ड : मकवानपुर प्रहरी प्रमुख विकासराज खनाल शंकाको घेरामा

काठमाडौँ, ८ बैशाख । साढे ३३ किलाे सुन तस्करी काण्डमा मुछिएका पूर्वडिआईजीलगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित हुन अनुसन्धान समितिले पत्र काटेको छ । सो काण्डको विस्तृत अनुसन्धानका लागि सरकारद्वा गठित अनुसन्धान समितिले गराउन पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायतलाई समितिसमक्ष उपस्थित गराउन...

जनप्रतिनिधिहरु सबैको साझा हुनुपर्छः नेता बानियाँ

हेटौंडा, ७ बैशाख/ नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाको क्रियाशिल भेलामा शुक्रबार बोल्दै नेता बानियाँले निर्वाचनमा कुनै एक पार्टीको पक्षबाट निर्वाचन उठेको...