प्रशिक्षार्थी प्रहरीहरुलाई हेटौँडाबाट बिदाई

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार १३:५८

हेटौँडा, २७ बैशाख । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा संचालन भई रहेको प्रहरी सहायक निरीक्षक आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई हेटौँडाबाट बिदाई गरिएको छ ।

उक्त तालिममा सहभागी २–१७४ औँ समुहमा तालिमरत प्रशिक्षार्थीहरु पाठ्यक्रम बमोजिम पाँचौ चरण अन्तर्गत व्यवहारिक अध्ययनको क्रममा मिति बैशाख १३ गतदेखि बैशाख २७ गतेसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतमा बसि प्रहरीले गर्नुपर्ने काम कारबाही, सेवाग्राहीसँगको व्यवहार र कार्यालय तथा फिल्ड समेतको व्यवहारिक ज्ञान लिएर बिदा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले समसामयिक बिषयमा आवश्यक निर्देशन दिएर बिदा गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*