समाचार

हेटौँडामा नेपाल टेलिकमको निःशुल्क सिम वितरण सुरु

हेटौँडा, ७ बैशाख । मकवानपुरको हेटौँडामा नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट वितरण सुरु भएको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने निर्णय भए अनुसार हेटौँडामा पनि सिम वितरण सुरु...

शुक्लाफाँटा नगरपालिकाले १४ वटा कानुन बनायो

कञ्चनपुर ६ वैशाख,। शुक्लाफाँटा नगरपालिकाले निर्माण गरेका १४ वटा कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्यविधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् । कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख...

नेपाली विद्यार्थी गणित र विज्ञानमा झन् कमजोर

काठमाडौं ६ वैशाख,। सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धी दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धी पाँच वर्षअघि गरिएको सोही...

सरकारको निर्णय विरुद्ध मकवानपुरमा आन्दोलन परिचालन कमिटि गठन

मकवानपुर, ६ बैशाख । मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटि गठन गरेका छन् । नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौँडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेको हो । बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ...

शेयर कारोबारका बारेमा जनचेतना जगाउन आवश्यक भएको ठहर

मकवानपुर, ६ बैशाख । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शेयर कारोबारका बारेमा व्यापक जनचेतना जगाउनु आवश्यक भएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल धितोपत्र बोर्डको संयूक्त आयोजनामा आज हेटौँडामा भएको ‘पुँजी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै प्रमुख खुलालले यस्तो...

गायक सञ्जय मण्डलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

मकवानपुर, ६ बैशाख । यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले...

नेविसंघको स्थापना दिवसमा अस्पतालदेखि बालगृहसम्म कार्यक्रम

मकवानपुर, ६ बैशाख । नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्नो ४९ औं स्थापना दिवसमा विहिबार विविध कार्यक्रम गरेको छ । नेविसंघ मकवानपुर अध्यक्ष राजु खतिवडाको सभाध्यक्षता, जिल्ला सदस्य कबिता बर्तौलाको संयोजन तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा हेटौंडा ५ सिंचाई...

सुतली बम, पेस्तोल र राईफलको गोली सहित मकवानपुरबाट युवक पक्राउ

मकवानपुर, ६ बैशाख । मकवानपुर प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हातहतियार सहित पक्राउ परेका हेटौँडा–३ लेवट जम्बो चौताराका ३७ वर्षीय अनिल भन्ने जोकर मोक्तानलाई पत्रकार सम्मेलन गरि आज सार्वजनिक गरेको हो । मोक्तानको साथबाट कटुवा पेस्तोल ३ थान, नलकटुवा पेस्तोलमा फिट...

‘मानिसको खप्पर’ बोकेर बाबाजी बजारमा, अनुसन्धान गर्न माग

मकवानपुर । भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी मंदिरका पुजारीले मरेको मानिसको खप्पर लिएर हिँडिरहेको भन्दै नागरिक जागरण मंचका अध्यक्ष कृष्णराज कोइरालाले समाजिक संजाल फेसबुकमा हालेको एउटा स्टाटसले अहिले मकवानपुरमा तहल्का पिटेको छ । कोइराला र तरुण दल हेटौंडा नगर समिति सभापति सुनिल गिरीले संचालन गरिरहेको थर्ड आइ रिकन्डिसनमा आएका ती...

युवा संघको केन्द्रीय सदस्यमा सन्तोष चौलागाई

मकवानपुर । मकवानपुरका सन्तोष चौलागाई युवा संघको केन्द्रीय सदस्य चयन भएका छन् । उनलाई युवा संघले केन्द्रीय सदस्य चयन गरेको हो । युवा संघका मकवानपुर अध्यक्ष समेत रहेका चौलागाई केन्द्रमा मनोनित भएका हुन् । युवा संघको केन्द्रीय सदस्य चयन भएपछि उनले युवा संघलाई सृजनशील युवाहरुको संगठन बनाउन आफ्नो तर्फबाट...