समाचार

निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गरिने : श्रेष्ठ

पर्वत । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताएका छन् । सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३६४ दिन काँग्रेस बन्ने तर निर्वाचनको दिन अरु दललाई सहयोग गर्ने कार्यकर्तालाई खोजी खोजी कारवाही गरिने उल्लेख गरे । पछिल्लो...

पत्रकार महासंघको प्रदेश ३ अध्यक्षमा गिरिजा अधिकारी र प्रताप विष्टको भिडन्त ( उम्मेदवारहरुको नामावली सहित)

मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावमा प्रदेश ३ अध्यक्षका लागि दुई पत्रकारहरुको घम्साघम्सी हुने देखिएको छ । प्रदेश ३ को राजधानी हेटौँडामा आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट र निवर्तमान महासंघ...

पत्रकार महासंघ ३ नम्वर प्रदेश अध्यक्षमा पत्रकार गिरिजा अधिकारीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

मकवानपुर ७ बैसाख । नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको आसन्न २२ गते हुने निर्वाचनको लागि पत्रकार गिरिजा अधिकारीले अध्यक्ष पदको लागि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म ४ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिए । विभिन्न पदमा हालसम्म ४ जनाले...

पत्रकार महासंघ मकवानपुर भवनमा ताला लगाइएपछि महासंघ बाहिरै उम्मेदवारी दर्ता गर्ने तयारी

मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताका समयमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको भवनमा विभिन्न पत्रकार संगठनहरुले ताला लगाईदिए पछि अहिले महासंघ भवन बाहिरै उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ । बाहिर नै उम्मेदवारी दर्ता हुने...

कार्प मकवानपुर र तङ ईल मो दो मार्सल आर्टमा सहभागी युवाले गरे वृद्धाश्रमलाई सहयोग

मकवानपुर, ७ बैशाख । पछिल्लो समय मकवानपुरमा विशेष गरि युवालाई नैतिकवान बनाउने तथा युवा विचलनलाई रोक्न अग्रसर युवाहरुको संस्था सिद्दान्त अनुसन्धान महाविद्यालय संघ (कार्प) मकवानपुर शाखाले सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । संस्थाले शुक्रबार तङ ईल मो दो एकीकृत मार्सल आर्टको १२० दिने तालिममा सहभागी युवाहरुसँग मिलेर हेटौँडा २...

पत्रकार महासंघ मकवानपुरमा पत्रकारले नै लगाए ताला

मकवानपुर ७ बैसाख । नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालयमा ताला लगाईएको छ । लागा लगाईएपछि आसन्न नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको निर्वाचनको मनोनयन दर्ता समेत रोकिएको छ । क्रान्तीकारी पत्रकार संगठन,नेपाल प्रेस शोसाईटी ,मिडिया नेपाल लगाएतका ७ वठा साना दलका पत्रकार संगठनहरुले तालाबन्धी गरेका ह्ुन् । आसन्न २२...

हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु

मकवानपुर, ७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको आयोजनामा गुम्बा परिसरमा ३ दिने फुर्वा पूजा सुरु भएको छ । गौतम बुद्धको २५६२ औँ शुभ जयन्तीका अवसरमा सम्पूर्ण मानवजातिको सुख, शान्ति एवं समृद्धिको लागि (फुर्वा पूजा) बज्र किलाय महानपूजा तथा वाङ अभिषेकको आयोजना...

पत्रकार महासंघको प्रदेश निर्वाचन : आज हेटौँडामा उम्मेदवारी दर्ता, साधारण सदस्य सबैले मतदान गर्न पाउने

मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावको आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रको निर्णय अनुसार प्रदेश राजधानीमा चुनावका सम्पूर्ण गतिविधि हुने भएपछि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको हेटौँडामा रहेको कार्यालयमा यतिखेर चुनावी चहलपहल सुरु भएको छ । चुनावको कार्यतालिका अन्तर्गत बिहीबार...

ईन्द्रसरोबर फुटबल प्रतियोगिता : ग्याङ स्टार र लिटल स्टार विजयी

–आशबहादुर लामा मकवानपुर, ७ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीबार ३ खेल भएका छन् । प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नाटेश्वरी युवा क्लब र बत्सलादेवी युवा क्लब बराबरीमा रोकिएका छन् । त्यस्तै दोस्रो...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै बन्द, चिप्लिएको विमानलाई हटाउने तयारी हुँदै

काठमाडौ, ७ बैशाख । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा गएराति चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ । यो समाचार तयार पार्दासम्म पनि विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि...