मनहरीका एक पुरुष भिमफेदी जेल चलान

तु खबर संवाददाता
२०७५ बैशाख २६, बुधबार ०८:५४

मकवानपुर, २६ बैशाख । लागुऔँषध गाँजा मुद्धामा ६ महिना कैद र ५ हजार जरिवाना तोकी फरार रहेका मकवानपुरको मनहरी गाउँपालिकाका एक पूरुष जेल चलान भएका छन् ।

वि.सं. २०७३ जेठ १४ गतेको फैसलाले सजाय तोकेका मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४० को सानुकान्छा पुरीलाई जेल चलान गरिएको हो ।
उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी – ९ ज्यामिरेबाट पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*