पत्रकार महासंघ ३ नम्बर प्रदेशको कार्यसमितिलाई हेटौँडामा सपथ ग्रहण र बधाई

तु खबर संवाददाता
२०७५ बैशाख २६, बुधबार १७:२०

हेटौँडा, २६ बैशाख । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सपथ ग्रहण गराईनुका साथै बधाई तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

बैशाख २२ गते सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघको व्यवस्थापनमा सपथग्रहण, पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो । कार्यक्रमममा कार्यसमिति अध्यक्ष प्रताप विष्ट, खुला उपाध्यक्ष यदुनाथ गौतम, महिला उपाध्यक्ष नानीमैया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, खुला सचिव केशवप्रसाद हुमागाई, समावेशी सचिव राजन विक र कोषाध्यक्ष सीताराम अधिकारी सहित खुला सदस्य रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम, मधेशी सदस्य कोमलचन्द्र भगत, दलित सदस्य मदन विश्वकर्मा, महिला सदस्य नानीमैया बिष्ट, जानुका न्यौपाने र शर्मिला उप्रेती, अल्पसंख्यक सदस्य बद्री नयाँघरे र आदिवासी जनजाति सदस्य ईश्वरकुमार जोशी तथा जीवन श्रेष्ठलाई सपथ ग्रहण गराइएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साथै केन्द्रीय महासचिव रमेश विष्ट, जिसस मकवानपुर प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष उम्मेदवार गिरिजा प्रसाद अधिकारी, प्रमुख निर्वाचन अधिृकत नवराज शर्मा, निर्वाचन कमिटि सदस्य राममणि दाहाल, संघका जिल्ला अध्यक्ष हरि हुमागाईँ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिवकुमार काशी र जिल्ला अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन जिल्ला अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर जिल्ला अध्यक्ष नानीमैयाँ विष्ट, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*