पाँच किलो चरेशसहित चन्दन पटेल पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख २६, बुधबार १९:५३
File Photo

पर्सा २६ बैसाख। प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिआर २२ सी ०४३२ नं।को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच किलो चरेश बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

पक्राउ परेका पटेलमाथि लागुऔषध मुद्दा चलाउने तयारी भएको उनको भनाइ छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*