कम्पनी दर्ता अव मकवानपुर उद्योग वाणिज्य संघबाटनै हुने
मकवानपुर २८ बैसाख । कम्पनी रजिष्टारको कार्यालयमा हुने कम्पनी दर्ताको काम अब मकवानपुर उद्योग वाणिज्य संघबाटनै संचालन गराउने उदेश्यले मउवा संघले आज बिषेश तालिमको आयोजना गरेको छ । आज शुक्रवार एक दिवशीय कम्पनी दर्ता सम्बन्धी तालिमको आयोजना गरी कम्पनी दर्ता गर्ने प्रक्रियाको बिषयमा जानकारी प्रदान गरेको थियो ।
मउवा संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कम्पनी दर्ता गर्न काठमाण्डौसम्म जान नपर्ने अवस्था शिर्जना गराउनको लागि आफुहरुले उक्त तालिमको आयोजना गरेको कार्यवाहक अध्यक्ष न्यौपानेको भनाई छ ।
संघका कार्यसमिती सदस्य रवीसर्मा कडेलका अनुसार मउवा संघबाटै अनलाईनको माध्ययमले अब दर्ता गर्न सकिने जानकारी दिए । खर्चमा बचत हुनुको साथै स्थानिय उद्योगी व्यवसायी सबैलाई यस सहज हुने विश्वास रहेको समेत उनको धारणा छ ।
