हेटौँडाको सिमल्टारमा तटबन्धन सुरु

तु खबर संवाददाता
२०७५ बैशाख २८, शुक्रबार १८:०६
File Picture

हेटौँडा, २८ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमल्टार वस्तीलाई जोगाउन राप्ती नदि किनारमा तटबन्धन सुरु गरिएको छ । सिमल्टार टोल विकास संस्था, सिमल्टार तटबन्धन निर्माणको आर्थिक समिति, तटबन्धन निर्माण उपभोक्ता समिति र टोलवासीको संयुक्त पहलमा तटबन्धन सुरु गरिएको हो ।

करिब १ हजार २ सय घरधुरी रहेको सिमल्टार र गोल्फिनटारलाई राप्ती नदिबाट आएको बाढीबाट जोगाउनका लागि तटबन्धन सुरु गरिएको हो । उक्त तटबन्धन कार्यमा सांसद कुमारी मोक्तानको पहलमा जलश्रोत मन्त्रालयबाट २ सय ३९ थान जाली उपलब्ध भएको छ ।

५० थान जाली स्थानीयको सहयोगबाट व्यवस्थापन गरिएको छ । करिब ४० लाख लागतमा पुरा हुने तटबन्धनको लागि स्थानीयले यथासक्दो सहयोग गर्ने जनाएको टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर ‘विशेष’ ले जानकारी दिए । तटबन्धन आउँदो जेठ १५ गतेसम्म सकिने लक्ष्य लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*