हेटौँडाबाट म्याजिक भ्यानसहित घरेलु मदिरा नियन्त्रण

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार १९:४९
फाइल फोटो

हेटौँडा, ३० बैशाख । जिल्ला प्रहरी कार्याल्य मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ सडकमा एक म्याजिकलाई अवैध घरेलु मदिरासहित बैशाख २९ गते नियन्त्रणमा लिएको छ ।

बुद्धचोकबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना १ ज २६१९ नम्बरको भाडाको यात्रु बाहक म्याजिक भ्यानलाई रोकि जाँच गर्दा करिब ८० लिटर घरेलु मदिरासहित म्याजिक भ्यान तथा वडा नम्बर ४ मा बस्ने २२ वर्षीय चालक संजय घलान र हेटौँडा–१९ बस्ने ३० वर्षीया कुमारी मोक्तानलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय हेटौडामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*