रुकुममा दुईको मृत्यु
रुकुम – रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली९पछाडिको भाग० सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । – रासस
